February 24, 2019

बम बिस्फोटनको जिम्मा विप्लव समूहले लियो

 

काठमाडौँ, १२ फागुन । ललितपुरको नख्खुमा रहेको केन्द्रीय कार्यालय र देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरमाथि गरिएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ ।

शुक्रबार राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फोटसहित टावरमा आगजनी गरिएको थियो । नेकपाले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेको, टेलिकमका कर्मचारीलाई प्रभावित पारी आफ्नो ग्राहक संख्या बढाएको लगायतका गम्भीर गल्ती गरेकोले कारवाही गरिएको दाबी गरेको छ ।

नेकपाले एक पर्चा जारी गरी एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको हो । पर्चामा नेकपाले अहिले गरिएको कारवाही चेतावनीस्वरूप सांकेतिक मात्र भएको समेत जनाएको छ । साथै, यसको अवज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने उसको चेतावनी छ ।

नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भइसकेको छ भने बाँकी २ जनाको उपचार भइरहेको छ । नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको जनाएको छ ।

आज मात्रै गृहमन्त्री रामबहादुर थापाले विस्फोटका घटनामा विप्लव समूहका संलग्नता रहेको आशंका गरेका थिए । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री थापाले विगतमा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएको बताएका थिए ।

नख्खु लगायतका स्थानमा भएको घटनाको विवरण प्रस्तुत गर्दै उनले समानान्तर सरकार चलाउने गरी अगाडि बढेको नेकपा विप्लव समूहले घटना घटाएको सूचनाहरु प्राप्त भएको बताएका थिए । विप्लव समूहले आक्रमणको जिम्मा लिएसँगै यो कुराको थप पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र