
फागुन ७, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको विषयमा मन्त्रीसँग कुरा नमिल्दा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । आयोजना बिचमै छाडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई भुक्तानी दिने विषयमा खानेपानी मन्त्री बिना मगरसँग विवाद बढ्दै गएपछि सचिव ठाकुरको सरुवा भएको हो।
सोमबार बसेको मन्त्री परिषद् बैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो। मेलम्ची खानेपानी आयोजना विकास समितिको बोर्ड अध्यक्ष समेत रहेका सचिवलाई कहाँ सरुवा गरिएको भन्ने जानकारी आइनसकेको बताएका छन्।
‘मन्त्रीले भनेअनुसार गैरकानुनी तवरले काम गर्न मैँले मानिन् । त्यही भएर उहाँले यो निर्णय लिनुभएको हो। मेरो सरुवा ठूलो कुरा होइन तर म भएको भए मसँग मेलम्ची कसरी बनाउने भन्ने खाका थियो। त्यही अनुसार तयारी पनि गरेका थियौं।’
उनका अनुसार मन्त्री मगरले काम छाडेर हिँडेको ठेकदार कम्पनीलाई २ अर्व ५९ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९९ पैसा भुक्तानी दिन दवाव दिँदै आएकी थिइन्।
तर सचिवले यसलाई कानुन विपरित हुने भन्दै अस्वीकार गर्दै आएका थिए । आफूलाई मेलम्चीका विषयमा गैरकानूनी हिसाबले भुक्तानी दिन पटक पटक दवाव आएको सचिव ठाकुरले बताए। सिएमसीलाई जसरी पनि फर्काउनु पर्ने विषयमा मन्त्री मगर र गैरकानुनी हुने भन्दै त्यसो गर्न नमिल्ने अडानमा ठाकुर भएपछि विवाद बढेको थियो।
मेलम्ची खानेपानी विकास समिति गठन भएपछि २७ जना सचिव फेरिएका छन्। २०५५ सालको कात्तिक २३ गते मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य