
फागुन ७, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको विषयमा मन्त्रीसँग कुरा नमिल्दा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । आयोजना बिचमै छाडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई भुक्तानी दिने विषयमा खानेपानी मन्त्री बिना मगरसँग विवाद बढ्दै गएपछि सचिव ठाकुरको सरुवा भएको हो।
सोमबार बसेको मन्त्री परिषद् बैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो। मेलम्ची खानेपानी आयोजना विकास समितिको बोर्ड अध्यक्ष समेत रहेका सचिवलाई कहाँ सरुवा गरिएको भन्ने जानकारी आइनसकेको बताएका छन्।
‘मन्त्रीले भनेअनुसार गैरकानुनी तवरले काम गर्न मैँले मानिन् । त्यही भएर उहाँले यो निर्णय लिनुभएको हो। मेरो सरुवा ठूलो कुरा होइन तर म भएको भए मसँग मेलम्ची कसरी बनाउने भन्ने खाका थियो। त्यही अनुसार तयारी पनि गरेका थियौं।’
उनका अनुसार मन्त्री मगरले काम छाडेर हिँडेको ठेकदार कम्पनीलाई २ अर्व ५९ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९९ पैसा भुक्तानी दिन दवाव दिँदै आएकी थिइन्।
तर सचिवले यसलाई कानुन विपरित हुने भन्दै अस्वीकार गर्दै आएका थिए । आफूलाई मेलम्चीका विषयमा गैरकानूनी हिसाबले भुक्तानी दिन पटक पटक दवाव आएको सचिव ठाकुरले बताए। सिएमसीलाई जसरी पनि फर्काउनु पर्ने विषयमा मन्त्री मगर र गैरकानुनी हुने भन्दै त्यसो गर्न नमिल्ने अडानमा ठाकुर भएपछि विवाद बढेको थियो।
मेलम्ची खानेपानी विकास समिति गठन भएपछि २७ जना सचिव फेरिएका छन्। २०५५ सालको कात्तिक २३ गते मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।

अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले