
फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षको अवधिमा ऐतिहासिक काम गरेको दाबी गरेका छन् ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको प्रगतीको तथ्याङ्कलाई मिथ्याङ्कका रूपमा प्रस्तुत गरिएको भन्दै दुःखेसो पोखे ।
‘समस्याहरू छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, जनताको चाहना पाँच नम्बर गियरमा विकास होस् भन्ने छ, गियर क्रमशः मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु’, प्रधानमन्त्रीले भने, ‘नेपालीहरूमा ९–९ महिनामा सरकार फेरिने बानी परेको छ, तर अब सरकार फेरिँदैन् ।’
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको दाबी गरे । प्रधानमन्त्री ओलीले सरकारको एक वर्ष समृद्धिको आधार वर्ष भएको बताए ।
सरकारले विभिन्न योजना अगाडि बढाउँदा धेरै प्रश्न उठेको भन्दै उनले भने, ‘आज मैले जे–जे प्रश्न सुनिरहेको छु, ति नौ महिने सरकारका अनुभवमा आधारित सार पो हुन कि ? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, सरकार फेरीदैँन, त्यसकारण बानी फेर्नुपर्छ ।’
देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र भ्रष्टचारका बारेमा आफु मुखमा पानी हालेर नबस्ने चेतावनी दिएका छन् ।
उनले मुलुक समृद्धिको बाटोमा गइरहँदादेखि सह्नै नसक्नेलाई टाउको दुखाइको विषय बनेको जिकिर गरे। उनले व्यङग्य गर्दै भने, ‘मुलुकमा अहिले समृद्धिको तिर्खा छ। त्यसकारण समृद्ध नेपाल, सुखी नेपाली भनेको हुँ।’
ऊर्जा उत्पादन तथा प्रसारणको ठूला लगानीको लागि वातावरण सरकारले वातावरण गरिहरेको दाबी गर्दै भने, ‘विकासको गतिलाई अगाडि बढाउन जनता आतुर भइरहेका बेला खुट्टा तान्नेहरुको बिगबिगी बढेको छ ।’
उनले विकास निर्माणका योजनाहरु अगाडि बढेको भन्दै गोतम वुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको पोखरा विमानस्थल २०२० सम्म सम्पन्न हुने उनले बताए।
उनले तीन दिनमा एउटाका दरले तुईन विस्थापन भएको दाबी गरे। उनले लगानी खोइ भन्दै प्रश्न गरेको तथ्यांकहरुलाई बंग्याइएको आरोप लागेको पनि उनले भने।
‘खोइ लगानी भन्नेहरुलाई भन्न चाहन्छु,’उनले भने, ‘यसबीच ४४९ उद्योग दर्ता भएका छन्। ४१६ विदेश लगानीका उद्योगहरु दर्ता प्रकृयामा आएर ५१ अर्बको प्रस्ताव आएको छ।’
साथै प्रधानमन्त्रीले ‘छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?’ भन्दै सम्पूर्ण देशवासीलाई प्रश्न गरे ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति