मोबाइल चोरले पत्र लेखेरै सिम र मेमोरीकार्ड फिर्ता गरे

गत माघ २३ गते सुनसरीको धरानमा अवस्थित भैरव आङ्लाको घरबाट उनकी श्रीमती टिनाको सामसुङको जे १ मोबाइल चोरी भयो । मोबाइल कसले चोर्यो भन्ने अत्तापत्तो भएन ।

SimCard

तर त्यसको चार दिनपछि माघ २७ गते आईतबार बिहान घरको गेटमा एउटा सानो कागजको टुक्रा फेला पर्यो । उक्त कागजको टुक्रामा ‘आइ एम सरी मिस टिना, रियल्ली सरी । भेटेर दिएको है ।’ लेखिएको रहेछ । कागजको टुक्रासँगै त्यहाँ मोबाइलको सिम र मेमोरीकार्ड समेत थियो ।

यस्तो अपत्यारिलो घटना भएपछि आङ्ला दम्पत्ती छक्क परे । त्यसलगत्तै आङ्लाले फेसबुकमा पोष्ट गरे, ‘चोरले मोबाईल हराए पनि यी दुईचिज फर्काएछ । चोरलाई धन्यवाद ! यसैगरी मोबाइल पनि फर्काइदिन बिन्ति छ ।’

आङ्लाको यो पोष्ट पढेर चोरले मोबाइल फर्काउला, नफर्काउला त्यो भने भोलिका दिनमा नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न