माघ १०, इन्डोनेसिया : इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि इडोनेसियाको दक्षिण भागमा पर्ने नौ ओटा जिल्लाका केही नदी समेत बन्द हुन पुगेका थिए । त्यसपछि आएको बाढी पहिरोको कारण हजारौैँको सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।
यस प्रकोपको कारण बिहीबार बिहानसम्म २६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २४ जना वेपत्ता भएका प्रकोप नियन्त्रण निकाय प्रमुखले जानकारी दिए ।
उक्त द्वीपका नौ ओटा जिल्लाको विभिन्न स्थानमा अविरल वर्षा र बाढीको कारण जलमग्न भएपछि तीन हजार भन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन् । यसका साथै कम्तीमा ४६ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
यस बाढीैका कारण आवासीय र सरकारी भवनहरु, विद्यालय र पुल क्षतिग्रस्त भएको बताइएको छ । बाढीका कारण अझै पनि केही व्यक्तिहरु वेपत्ता भएको अनुमान गरिएको छ । इन्डोनेसियामा बाढी र पहिरो बारम्बार आउने गरेको पाइन्छ । एजेन्सी
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन