January 24, 2019

सत्तापक्ष नै सभामुख महरासँग ‘सशंकित’

mahara_Pq4vfWpeIA

माघ १०, काठमाडौँ – कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि महराले भने, ‘सरी, सरी सिंह ।’ त्यसपछि कांंग्रेस नेता सिंह बोल्न थाले । आज त सभामुखज्यू सुरुमै चिप्लिनुभयो भन्दै मंगलबार संसद्मा गाइँगुई चल्यो ।

संसदीय प्रक्रियामा हरेक दिनजसो ‘चिप्लिँदै’ आएका छन् , सभामुख महरा । संसदीय प्रक्रियामा ‘चिप्लनु र अपरिपक्वता’ प्रदर्शन गर्नु महराको सामान्य नियतिजस्तै बनेको छ । तर मंगलबारको उनको गतिविधि लाई अपरिपक्वता वा सामान्य चिप्लाई मात्र मान्न तयार छैन, सत्तापक्ष । कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित गर्न आवश्यक प्रबन्ध नगरेको सत्तापक्षको आशंका छ । 

सत्तापक्षका नेताहरुसँग सल्लाह नै नगरी एकाएक सूचनामार्फत बैठक स्थगित गरेको भन्दै सत्तापक्ष उनीप्रति सशंकित छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति