जापानले सञ्चालन गर्‍याे चालकबिहीन बस (भिडियाे)

टोकियो , माघ ९ : सन् २०२० को ओलम्पिक्समा सहभागी हुन टोकियो विमानस्थल अवतरण गर्ने खेलाडी तथा अधिकारीहरूले प्रविधिकै नवीन र फरक अनुभव चाख्न पाउनेछन्।

जापानले ओलम्पिक्स पाहुनालाई विमानस्थलबाट बाहिर निस्किँदा चालकबिहीन बसबाट सेवा प्रदान गर्ने तयारी गरिरहेको हो।

टोकियोको हानिदा अन्तर्राष्ट्रिय विमानस्थलसहित मुख्य हबहरुमा यतिबेला यात्रु राखेरै एशियाकै अग्रणी यो देशले चालकबिहीन बहसहरुको सघन परीक्षण गरिरहेको छ।

जापानी राष्ट्रिय ध्वजाबाहक अल निप्पोन एयरवेज (एनएनए)सहित ६ वटा कम्पनीहरुले १० दिनसम्म सञ्चालन हुने परीक्षण गत हप्ता आरम्भ गरेका हुन्। परीक्षण भएका बसहरुमा मान्छे राखेरै सञ्चालन गर्न थालिएको छ।

सुरुमा चालक सिटमा चालक राखिएको थियो। यद्यपि ती चालकले बस सञ्चालन गर्दैनथे। दुर्घटना हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई राखिएको थियो। सफल परीक्षणपछि चालकबिनै बस सञ्चालन सुरु गरिएको हो। यद्यपि यो परीक्षणकै एउटा पाटो हो।

सन् २०२० को ओलम्पिक्स टोकियोले आयोजना गर्दैछ। सन् २०२० को जुलाइ २४ देखि अगस्ट ९ सम्म सञ्चालन हुने सो विश्वस्तरीय प्रतियोगितामा जापानले यी चालकरहित बस सञ्चालन गर्ने अपेक्षा गरेको छ।

‘टोकियो ओलम्पिक्समा आउने पाहुनाहरुलाई यी चालकरहित बसबाट सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो’, एनएनएका परियोजना प्रमुख तादाकात्सु यमागुची भन्छन्, ‘अहिलेसम्मको चालकबिहीन बस सेवा परीक्षण सफल देखिएको छ।’

चालकबिहीन बसलाई जापानले ओलम्पिक्स पाहुनाका लागि मुख्य आकर्षण बनाउन चाहेको छ। पर्यटकलाई यी बसले आकर्षण गर्ने विश्वास लिइएको छ।

जिपीएस सिस्टम जडान भएका यी बसहरु प्रतिघन्टा ३० किलोमिटरको गतिमा गुड्नेछन्।

जापानको जनसंख्या घट्दो क्रममा छ। ‘घट्दो जनसंख्याले हामीलाई जनशक्तिको अभाव बढाउँदै लगेको छ। त्यसैले चालकरहित प्रविधिसहितको सवारी अवधारणामा जानु परेको परेको हो’, यामागुची भन्छन्, ‘हामी थोरै स्टाफ राखेरै यस्ता सवारी साधनको प्रभावकारी सञ्चालनको सुनिश्चितता दिन सक्छौं।’

भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता