यति खतरनाक छ फेसबुकमा चलिरहेको ‘टेन इयर्स च्यालेन्ज’

एजेन्सी, ४ माघ : सामाजिक सञ्जालमा सधै नयाँ ट्रेण्ड चलिरहन्छ । आजभोली पनि एउटा यस्तै ट्रेण्ड चलिरहेको जस अन्तर्गत प्रयोगकर्ता आफ्नो दसवर्ष पुरानो तस्वीरलाई पोस्ट गर्दैछन् । ‘टेन इयर्स च्यालेन्ज’ नाम दिइएको यो ट्रेण्डले प्रयोगकर्तालाई धरै लाइक्स र कमेन्ट त बटुल्न सहयोग गरेको छ तर यो लाइक्स कमेन्ट र ट्रेण्ड कति खतरा छ भनेर आजसम्म कसैले सोचेकोे छैन । हामी सामाजिक सञ्जाल चलाउँदा एउटा के कुरा भूल्छौं भने वास्तवमा यो एउटा घरको जसको चाबी सबैसँग हुन्छ चाहे हामीले उनीहरुलाई दिउ या नदिउँ ।

यो च्यालेन्जलाई लिएर अहिले जुन बहस चलिरहेको त्यो यो हो कि यस्तो च्यालेन्ज प्रयोगकर्ताको गोपनियताको लागि कति हानिकारक छ त । यसको माध्यमबाट कतै प्रयोगकर्ताले आफ्नो गोपनियता खतरामा त लगाइरहेका छैनन् ।

फेसबुकले लामो समयदेखि प्रयोगकर्ताको गोपनियता नीतिलाई लिएर समस्या र आलोचनाहरु झेलिरहेको छ । २०१८ को वर्षमा धेरैवटा सन्दिग्ध संस्थाहरु फेसबुकसँग जोडिन आए यसले फेसबुकको छविलाई नि वास्तवमा सन्दिग्ध बनाउँदै आएको छ

अब हामीले सोच्ने समय आएको छ कतै ती च्यालेन्जहरुबाट प्राप्त तथ्यांक र सूचनालाई यी कम्पनीहरुले संकलन गरेर आफ्नो फाइदाको लागि प्रयोग त गरेका छैनन् ।

के यो ट्रेण्ड फेसबुकले सेट गरेको हो भन्ने विषयमा थाहा पाउन अघि फेसबुकले अनुहार पहिचान गर्ने प्रविधि ‘फेशियल रिकग्निशन टेक्नोलोजी’ को गोप्य पाटोलाई लिएर निकै आलोचित भइसकेको कुरा बुझ्नुपर्छ । हामी जुन दश वर्ष अघि यस्तो देखिन्थे अब यस्तो देखिन्छु वाला खेल खेल्दैछौं नि वास्तवमा त्यो फेशियल रिकग्निशन टेक्नोलोजीकै मामिला हो ।

हामीले अर्को कुरा के ध्यान राख्नुपर्छ भने हामीले फेसबुकमा जे शेयर गर्छौ त्यहो हाम्रो डाटा हो यसकारण डाटाबारेमा हामी सधै सतर्क रहनुपर्छ । यो समय सूचनाको यसको माध्यमबाट आज जुनसुकै ठूलो युद्ध लड्न सकिन्छ । यसकारण हामीले हाम्रो डाटाको महत्व र संवेदनशिलतालाई पहिचान गर्नुपर्छ ।

त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा भाइरल हुने मिम्सहरु प्रयोगकर्ताबाट उत्पादित भएको बताएको छ । आफूले यो ट्रेण्ड सेट नगरेको उसको भनाई छ । फेसबुकलाई यसबाट कुनै फाइदा नहुने सफाई दिएको छ ।

फेसबुमा चलिरहेको यो ट्रेण्ड कतिको हानीकारक छ भन्ने सम्बन्धमा सबैभन्दा पहिले ‘टेक ह्यूमनिष्ट’ पुस्तककी लेखिका केटे ओ नीलले प्रश्न उठाएकी थिन् । उनले अंग्रेजी प्रविधिक वेभासाइतमा यस विषयमा एउटा आर्टिकल पनि लेखेकी थिइन् । त्यसपछि फेसबुकले त्यस प्रकारको च्यालेन्जसँग आफ्नो कुनै सरकार र सम्बन्ध नभएको बताएको थियो । फेसबुले त्यो च्यालेन्ज आफूले सेट नगरेको बताउँदै प्रयोगकर्ताले चाहाने हो भने त्यो आफै बन्द गर्नसक्ने बताएको छ ।

वास्तवमा फेसबुमा तपाई जसलाई च्यालेन्ज ठान्दै हुनुहुन्छ त्यो एउटा अनुहार पहिचान गर्ने प्रविधि हो । वेपत्ता बच्चा र कुनै पनि आतंकीलाई पत्ता लगाउन यसको प्रयोग गरिन्छ । तपाईलाई थाहा नहुनसक्छ पछिल्लो वर्ष नयाँ दिल्लीमा मात्र चार दिन फेशियल टेक्नोलोजीको प्रयोग गरेर प्रहरीले तीन हजार वेपत्ता बच्चाहरुको पत्तो लगाएको थियो । यति मात्र होइन ठूला कम्पनीहरु यसको प्रयोग विज्ञापन प्रयोजनका लागि गर्छन् ।
२०१६ मा फेशियल रिकग्निशन टेक्नोलोजीलाई लिएर अमेजन कम्पनीले आलोचना बेहोर्नु परेको थियो ।

अमेजनले त्यो सेवा जाँच एजेन्सीलाई बेचेको थियो । कम्पनीले वासिङटन र आरल्याण्डमा सो प्रविधि प्रहरी विभागलाई बिक्री गरेको थियो ।

फरक फरक सामाजिक सञ्जाल प्लेटफर्ममा यो च्यालेन्जमा विश्वभरीका सेलिब्रेटीहरु सहभागी बन्दैछन् । तर यो कहाँबाट सुरुवात भयो भन्ने बारेमा कुनै सत्यता थाहा पाइएको छैन । हाल इंस्टाग्राम, ट्वीटरले यस ट्रेण्डलाई लिएर कुनै जवाफ दिएको छैन । तर फेसबुकले आफूले त्यसलाई सेट नगरेको भन्दै सफाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता