January 17, 2019

आफ्नै निवासमा नेविसंघका कार्यकर्ताबाट घेरिए कांग्रेस सभापति देउवा

३ माघ, काठमाडौँ  । माघ २ गतेबाट सकिएको नेवि संघ केन्द्रिय समितिको कार्यकाल थप गरेकोमा नेविसंघका कार्यकर्ताबाट आफ्नै निवासमा  कांग्रेस सभापति शेरबहादुर देउवा घेराउमा परेका छन् ।

मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता–कार्यकर्ताहरुले विरोध गर्दै कांग्रेस सभापति  देउवाको निवासमा  धर्ना  दिएका हुन् ।

नेवि संघका नेताहरु दिपक भट्टराई, बामदेव अधिकारी, मनोज बैद्य, प्रदिप शर्मा, भोला नेपाललगायत काठमाडौं उपत्यका भित्रका क्याम्पस इकाइ सभापति, स्ववीयू सभापति साथै नेता–कार्यकर्ताहरु देउवा निवास पुगेका थिए ।

विद्यार्थी भीड बढेपछि देउवा निवासमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । धर्नामा पुगेका विद्यार्थी नेता कार्यकताहरु अधिकांश पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् ।

विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद सकिएको छ ।  तर तत्कालका लागि सोही कार्यसमितिलाई निरन्तरता दिएको बताइन्छ । देउवालेआफूले छिट्टै निर्णय लिने वचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले