३० पौष,तेहरान : पश्चिम तेहरानमा आज इरानी बोइङ ७०७ कार्गो विमान दुर्घटनामा १ जनामात्र यात्रु बाँचेका छन्, बाँकी सबै यात्रुको मृत्यु भएको छ । किर्गिजिस्तानबाट तेहरान आउँदै गरेको जहाज अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ । विमानमा यात्रु र चालकदलका सदस्य गरी १७ जना थिए । तीमध्ये १६ जनाको मृत्यु भएको बताइएको छ ।
अवतरण गर्ने क्रममा रनवेमा घिसारिएपछि तत्कालै विमानमा आगो लागेको थियो । विमान घिसारिँदै बस्तीतर्फ अघि बढिरहेका बेला अगाडि रहेको पर्खालमा ठोक्किएको स्थानीय मिडियाले जनाएका छन् । इरानको सरकारी मिडियाले विकानको अवशेषको फोटो जारी गरेको छ जो बस्ती क्षेत्रमा देखिएको छ ।
विमान फाथ विमानस्थलमा दुर्घटना भएको हो जो इरानको सैन्य पकड भएको ठाउँ हो। यो विमान नजिकैको पयाम विमानस्थलमा अवतरण गर्नुपर्नेमा यहाँ आकस्मिक अवतरण गरिएको हो । विमान अवतरण गर्नको लागि पूर्वनिर्धारित विमानस्थल राजधानी तेहरानबाट ४० कलोमिटर टाढा छ । अधिकारहरुले विमान एक्कासी अर्को विमानस्थलमा अवतरण गर्नुपर्ने कारणबारे खुलाएका छैनन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष