पौष २३, मोरङ / मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीय मीना राम पहिले भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने नामुद तस्करका रुपमा चिनिन्थिन । कपडा तस्करी गर्दै गर्दा प्रहरीले धेरै पटक पक्राउ गरेर उनले भन्सार छली गर्दै भारतबाट ल्याएको अवैध कपडा पनि बरामद ग¥यो । नेपाल–भारत सीमा क्षेत्रमा उनलाई सबैले कपडा तस्करका रुपमा चिन्थे । कपडा तस्करका रुपमा परिचय बनाएकी उनै मीना अहिले नेपालमा कानुनले पूर्ण रुपमा प्रतिबन्ध लगाएको लागुऔषध ओसारपसार र कारोवार गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । भारतको जोगवनीबाट लागुऔषध नेपाल भित्राएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले जोगवनीबाट ल्याएको लागुऔषध इटहरी, धरान, इनरुवा, धनकुटा, काठमाडौं, चितवन, पोखरा समेतका सहरमा ‘सप्लाई’ गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य