पुस १९, काठमाडौँ । कैलाली –१ का सांसद रेशम चौधरी सपथ ग्रहणपछि पुनः जेल फर्किएका छन् ।
सपथ ग्रहणका लागि सांसद चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरवारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा लगिएको थियो। चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण गरी जेल फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै निलम्बित सांसद रेशम चौधरीले टीकापुर घटनाको न्यायपूर्ण छानबिन गर्न माग गरे ।
आफू न्यायको पर्खाइमा भएको बताउँदै उनले घटना हुँदा सुरक्षाकर्मी सँगै थिएँ, म कसरी दोषी भएँ भन्ने प्रश्न गरे । उनले माला लागाएर जेल फेरि जेल जानुपर्ने भन्दै आक्रोश पोखे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ उनले सोधे ।