प्रजातान्त्रिक योद्धा राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशित

 

पुस १६, काठमाडौँ । सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले हिजाे १० रुपैयाँ दरका टिकटमा टाँचा लगाएका थिए ।

रामप्रसादकै नाममा यस अघि २०५५ सालमा ७५ पैसा दरका टिकट प्रकाशन गरिएको थियो । उनी २००७ सालको क्रान्तिमा भोजपुर क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार बिद्रोहपछि बेपत्ता भएका थिए ।

इतिहासले न्याय गर्छ भन्ने टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको मन्त्री बास्कोटाको भनाइ थियो । ‘यो साधारण हुलाक टिकट होइन’, उनले भने, ‘आज रामप्रसादले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान भएको छ । न्यायको जित भएको छ । यो कार्य त पहिले नै हुनुपथ्र्यो तर ढिलै भए पनि आज सम्पन्न भएको छ । सरकारले गरेका उल्लेखनीय कार्य मध्ये यो पनि एक हो ।’

हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले इन्डोनेसियामा ५ लाख प्रति टिकट छापिने बताए । ‘अहिले १६० वटा लिएर आएका छौँ’, उनले भने, ‘बाँकी तीन महिना भित्र आउँनेछन् ।’ उनका अनुसार उक्त टिकट पूर्णकला लिम्बूले डिजाइन गरेकी हुन् ।

टाँचा लगाउने समारोहमा संघिय सांसद सुदन किराती, प्रा.डा. गोविन्दमान सिंह कार्की लगायतले योद्धा रामप्रसाद राईका बारेमा प्रकाश पारेका थिए । उक्त समारोहमा पूर्व मन्त्री कृपासुर शेर्पा, सांसद घनेन्द्र बस्नेतका साथै रामप्रसाद राई स्मृति प्रतिष्ठान र रामप्रसाद राई फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन