December 29, 2018

जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ : नेता श्रेष्ठ

 

पुस १४, 

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गरेका छन् । 

गोरखाको बारपाकमा आज प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा नेता श्रेष्ठले भने, ‘सङ्घीय सरकार बनेको नौ महीना मात्र भएको छ, अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।’

शिक्षा, स्वस्थ, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट कोही पनि पीडित हुन नपर्ने गरी विकसित नेपालको निर्माणका लागि सरकार लागि परेको उनले बताए । 

‘विकास र समृद्धिको प्रतिफल आम जनताले आफ्नै पोल्टामा अनुभूति गर्ने गरी परिवर्तन आवश्यक छ,’ उनले भने, ‘तर त्यसका लागि केही समय लाग्छ ।’ वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पु¥याएको नेता श्रेष्ठको भनाइ छ । 

‘विदेशीसँग सहयोग लिन्छौँ, मित्रता कायम गर्छौं तर हस्तक्षेप स्वीकार गर्दैनौं भन्ने एउटा नीति लागू भएको छ, यो सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम हो’, पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले भने । 

संविधानमा सबै नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको भए पनि कानून नबनाई त्यसको कार्यान्वयन सम्भव नभएकाले सरकारले कानून निर्माण गरिसकेको उनले बताए । त्यस्तै सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उनको भनाइ छ । 

नेता श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका काम पछिल्लो चरणमा तीव्रगतिमा अघि बढेको भन्दै लाभग्राहीको सूचीमा नपरेका वास्तविक भूकम्पपीडितको गुनासा तत्काल सम्बोधन हुने बताए । 

‘भूकम्पले क्षति पु¥याएका जो वास्तविक भूकम्पपीडित छ, जसको घर क्षति भएको छ र घरमा बस्न सक्ने स्थिति छैन भने एक जना पनि नछुट्ने गरी काम हुन्छ’, उनले भने, ‘त्यसका लागि प्राधिकरणले सबै जिम्मा स्थानीय तहलाई दिइसकेको छ ।’  

शैक्षिक बेरोजगारलाई व्यवसाय सञ्चालन गर्नेगरी प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको उनले बताउ । ‘यो महत्वपूर्ण काम हो’, नेता श्रेष्ठले भने, ‘यसले युवालाई स्वरोगार बनाउन भूमिका खेल्छ ।’

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सबै राजनीतिक मिलेर दल प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

 

रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका