स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकियो, अर्को बैठक आजै ४ बजे

 

ओली-प्रचण्डले जवाफ दिने

पुस ८, काठमाडौँ । २९ मंसिरदेखि जारी नेकपा केन्द्रीय सचिवालयको बैठक आइतबार अपरान्ह ४ बजे फेरि बस्ने भएको छ ।

स्थायी समिति बैठकमा बिहान जवाफ दिन समय अभाव भएका कारण अपराह्न ४ बजे बैठक पुन बस्ने भएको हाे । साँझको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्।

बिहानको बैठकमा स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले जवाफ दिने कार्यक्रम थियो। तर शनिबारमात्र स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा आफ्नो धारणा राखेपछि अध्यक्षद्वयले बोल्ने स्थिति नरहेका कारण बैठक फेरि बस्ने भएको हो ।

आजको बैठकमा दुई जनाले बोलेका थिए। पूर्व प्रधानमन्त्री माधव नेपालले एसिया प्यासिफिक समिटबारे आफ्नो स्पष्टीकरण दिएका थिए । पूर्व प्रधानमन्त्रीहरुले पनि सम्मान लिएको बताउँदै उनले यसपटक भने आलोचना बढेको बताए।

आफूले जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने बारे सोच्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका