December 8, 2018

आफ्ना मतदाता तथा शुभेच्छुकलाई साम्सद बस्नेतद्वारा शुभकामना (विज्ञप्तीसहित)

 images

काठमाडौँ, २२ मङ्सिर । नेपालमा संघिय संसदको निर्वाचन भएको हिजो मंसिर २१ गते  एक वर्ष पुरा भएको सन्दर्भमा  भक्तपुरका चर्चित युवा नेता तथा   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, भक्तपुर २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका सांसदमा बिजय भएका  नेता महेश बस्नेतले आफ्नो मतदाता तथा शुभेच्छुकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञप्ति

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा पहिलोपटक संघीय संसदको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु निर्वाचित भएको १ बर्ष पूरा भएको छ । यो अवसरमा म सम्पूर्ण दिदीबहिनी, दाजुभाई तथा मतदाता एवं शुभेच्छुकहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यहाँहरुलाई अवगत नै छ, तत्कालीन सरकारको सत्तामोहका कारण जनताहरुको अमूल्य मतबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले ३ महिनासम्मपनि सपथ लिन पाएका थिएनन् । विभिन्न राजनीतिक अवरोहका बाबजूद हामीले २०७४ फागुन २० गते सपथ लिएर विधिसम्मत रुपमा जनताका प्रतिनिधिका रुपमा क्रियाशील हुने अवसर जुटेको थियो ।

आफूले संघीय संसद समक्ष सपथ लिएपश्चात मूलतः जनताका प्रतिनिधिहरुका हैसियतले राष्ट्रिय राजनीति देखि जिल्लाको समग्र विकासमा क्रियाशील हुँदै आएको अवगत नै छ । खासगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधिका रुपमा संघीय संसदमा राष्ट्रिय तथा जिल्लाका विभिन्न जनसरोकारका बिषयबस्तुमा संघीय संसदमार्फत आम नागरिकका प्रतिनिधिमूलक आवाज उठाउँदै आएको पनि जगजाहेर नै छ ।

यो बीचमा प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुर हुनुपर्ने माग सहित अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तथा सम्मेलन केन्द्र भक्तपुरमा निर्माण गर्नको निम्ति आधार तयार गर्ने काम पनि भएको छ । यसैगरी, जनतासँग जनप्रतिनिधि भन्ने मान्यतालाई आत्मसाथ गर्दै जनताका हरेक सुख,दुःखमा साथ र सद्भाव प्रकट गर्ने काममा समेत नियमित रुपमा क्रियाशीलता रहेको पनि अवगत नै छ । २०७५ असार २७ गते बाढीबाट भक्तपुर डुबानमा पर्दा प्रत्यक्ष रुपमा प्रभावितहरुको पीडामा सहानुभूति प्रकट गर्नुका साथै अकल्पनीय क्षतिलाई न्यूनीकरण गर्न विशेष पहल गरिएको छ । यस्तै प्राकृतिक विपत्तिलाई नियन्त्रण गर्न दुवै नगरपालिकामा ढल व्यवस्थापन गरिएको छ भने सयौं सौर्य बत्ति जडान गरिएको छ ।

त्यसो त हरेक दिन एउटा विकासको थालनी भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको समग्र विकास निर्माणसँग सम्बन्धित कार्यक्रमहरुलाई निरन्तरता दिइँदै आएको छ । यो बीचमा ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भइसकेको छ भने ऐतिहासिक महत्वको हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गरिसकेको छ ।

राजधानीलाई जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत एकमहिने राजमार्ग सरसफाइ अभियानलाई निरन्तरता दिइएको छ भने जडिबुटीमा विद्यमान सवारी जामलाई अन्त्य गर्नको निम्ति वैकल्पिक मार्गको पहिचान गरी व्यवस्थापन गर्ने काम अगाडि बढेको छ ।

यो क्रममा गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनुको साथै कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ । यसैगरी, पेप्सीकोला देखि सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धूलिखेलसम्मको ६ लेनको सडक लगायत सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको छ । यसैक्रममा मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको छ । यस्तै, दर्जनौ खानेपानी आयोजनामा बजेट व्यवस्थापन तथा जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने र बालकोट देखि जगातीसम्म मध्यपुरको खानेपानी व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।

यसैगरी ठिमीको निलबाराही क्षेत्रलाई पर्यटनको गन्तव्य घोषणा गर्दै बजेट व्यवस्थापन र नगरकोटदेखि साँगा–नैचाल–घ्याम्पे डाँडा र अनन्तलिङ्गेश्वर क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्र घोषणा गरी भ्यू टावर, होम स्टे, बञ्जी जम्प, पराग्लाइडिङ लगायतको व्यवस्थापन गर्नको निम्ति प्रक्रिया अगाडि बढेको छ । विश्वसम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र, चाँगु नारायण र मध्यपुर ठिमीको बालकुमारी, चपाचो, बोडे, नगदेश र सूर्यविनायकको सम्पदा बस्ती व्यवस्थापन गर्न श्रोत व्यवस्थापन गर्न पहल भएको छ भने भूकम्पबाट क्षतिग्रस्त १४ वटा विद्यालय र २२ वटा मठमन्दिर, गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको छ ।

जिल्लामा २ वटा स्मार्ट सिटीको डिपिआर सम्पन्न हुने क्रममा रहेको छ भने सिपाडोल, नंखेल, ताथली, सुडालमा नयाँ शहर र हनुमन्ते करिडोरको लोकन्थलीदेखि राधेराधेसम्मको क्षेत्रलाई समेटेर नयाँ शहर निर्माण गर्ने योजना अगाडि बढिसकेको छ ।

भक्तपुरमै बीर अस्पताल निर्माण गर्ने डिपिआर प्रक्रिया सकिएको छ भने भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बृद्धि तथा निजी क्षेत्रको सहकार्यमा शिक्षामा व्यापक सुधार प्रक्रिया अगाडि बढेको छ ।

यसैगरी चालू आर्थिक बर्षका लागि सांसद विकास कोषको लागि विनियोजित ४ करोड रकम भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गतका दुईवटा नगरपालिका सूर्यविनायक तथा मध्यपुरको विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रुपमा विनियोजन गरिएको छ । यसको निम्ति सहजीकरण समिति समेत गठन गरिएको छ ।

स्वभाविक रुपमा समग्र भक्तपुरको समृद्धि र विकासका निम्ति यो ९ महिनाको अवधि हाम्रा लागि पनि अवसर चुनौती दुवै रहन पुग्यो । यद्यपि, जनताले दिएको अगाध माया, स्नेह र सद्भाव अनि विश्वासका कारण जे जति गर्न सकिएको छ, त्यो भन्दा पनि धेरै गर्ने अठोटका साथ अगाडि बढिरहेका छौं । यहाँहरुको रचनात्मक सल्लाह र सुझावको सदैव अपेक्षा सहित यहाँहरु सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । धन्यवाद ।

महेश बस्नेत
सदस्य प्रतिनिधिसभा
२०७५ मंसीर २१ गते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति