December 8, 2018

आफ्ना मतदाता तथा शुभेच्छुकलाई साम्सद बस्नेतद्वारा शुभकामना (विज्ञप्तीसहित)

 images

काठमाडौँ, २२ मङ्सिर । नेपालमा संघिय संसदको निर्वाचन भएको हिजो मंसिर २१ गते  एक वर्ष पुरा भएको सन्दर्भमा  भक्तपुरका चर्चित युवा नेता तथा   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, भक्तपुर २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका सांसदमा बिजय भएका  नेता महेश बस्नेतले आफ्नो मतदाता तथा शुभेच्छुकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञप्ति

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा पहिलोपटक संघीय संसदको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु निर्वाचित भएको १ बर्ष पूरा भएको छ । यो अवसरमा म सम्पूर्ण दिदीबहिनी, दाजुभाई तथा मतदाता एवं शुभेच्छुकहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यहाँहरुलाई अवगत नै छ, तत्कालीन सरकारको सत्तामोहका कारण जनताहरुको अमूल्य मतबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले ३ महिनासम्मपनि सपथ लिन पाएका थिएनन् । विभिन्न राजनीतिक अवरोहका बाबजूद हामीले २०७४ फागुन २० गते सपथ लिएर विधिसम्मत रुपमा जनताका प्रतिनिधिका रुपमा क्रियाशील हुने अवसर जुटेको थियो ।

आफूले संघीय संसद समक्ष सपथ लिएपश्चात मूलतः जनताका प्रतिनिधिहरुका हैसियतले राष्ट्रिय राजनीति देखि जिल्लाको समग्र विकासमा क्रियाशील हुँदै आएको अवगत नै छ । खासगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधिका रुपमा संघीय संसदमा राष्ट्रिय तथा जिल्लाका विभिन्न जनसरोकारका बिषयबस्तुमा संघीय संसदमार्फत आम नागरिकका प्रतिनिधिमूलक आवाज उठाउँदै आएको पनि जगजाहेर नै छ ।

यो बीचमा प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुर हुनुपर्ने माग सहित अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तथा सम्मेलन केन्द्र भक्तपुरमा निर्माण गर्नको निम्ति आधार तयार गर्ने काम पनि भएको छ । यसैगरी, जनतासँग जनप्रतिनिधि भन्ने मान्यतालाई आत्मसाथ गर्दै जनताका हरेक सुख,दुःखमा साथ र सद्भाव प्रकट गर्ने काममा समेत नियमित रुपमा क्रियाशीलता रहेको पनि अवगत नै छ । २०७५ असार २७ गते बाढीबाट भक्तपुर डुबानमा पर्दा प्रत्यक्ष रुपमा प्रभावितहरुको पीडामा सहानुभूति प्रकट गर्नुका साथै अकल्पनीय क्षतिलाई न्यूनीकरण गर्न विशेष पहल गरिएको छ । यस्तै प्राकृतिक विपत्तिलाई नियन्त्रण गर्न दुवै नगरपालिकामा ढल व्यवस्थापन गरिएको छ भने सयौं सौर्य बत्ति जडान गरिएको छ ।

त्यसो त हरेक दिन एउटा विकासको थालनी भन्ने नारालाई आत्मसाथ गर्दै जिल्लाको समग्र विकास निर्माणसँग सम्बन्धित कार्यक्रमहरुलाई निरन्तरता दिइँदै आएको छ । यो बीचमा ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भइसकेको छ भने ऐतिहासिक महत्वको हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गरिसकेको छ ।

राजधानीलाई जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत एकमहिने राजमार्ग सरसफाइ अभियानलाई निरन्तरता दिइएको छ भने जडिबुटीमा विद्यमान सवारी जामलाई अन्त्य गर्नको निम्ति वैकल्पिक मार्गको पहिचान गरी व्यवस्थापन गर्ने काम अगाडि बढेको छ ।

यो क्रममा गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनुको साथै कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ । यसैगरी, पेप्सीकोला देखि सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धूलिखेलसम्मको ६ लेनको सडक लगायत सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको छ । यसैक्रममा मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको छ । यस्तै, दर्जनौ खानेपानी आयोजनामा बजेट व्यवस्थापन तथा जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने र बालकोट देखि जगातीसम्म मध्यपुरको खानेपानी व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।

यसैगरी ठिमीको निलबाराही क्षेत्रलाई पर्यटनको गन्तव्य घोषणा गर्दै बजेट व्यवस्थापन र नगरकोटदेखि साँगा–नैचाल–घ्याम्पे डाँडा र अनन्तलिङ्गेश्वर क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्र घोषणा गरी भ्यू टावर, होम स्टे, बञ्जी जम्प, पराग्लाइडिङ लगायतको व्यवस्थापन गर्नको निम्ति प्रक्रिया अगाडि बढेको छ । विश्वसम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र, चाँगु नारायण र मध्यपुर ठिमीको बालकुमारी, चपाचो, बोडे, नगदेश र सूर्यविनायकको सम्पदा बस्ती व्यवस्थापन गर्न श्रोत व्यवस्थापन गर्न पहल भएको छ भने भूकम्पबाट क्षतिग्रस्त १४ वटा विद्यालय र २२ वटा मठमन्दिर, गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको छ ।

जिल्लामा २ वटा स्मार्ट सिटीको डिपिआर सम्पन्न हुने क्रममा रहेको छ भने सिपाडोल, नंखेल, ताथली, सुडालमा नयाँ शहर र हनुमन्ते करिडोरको लोकन्थलीदेखि राधेराधेसम्मको क्षेत्रलाई समेटेर नयाँ शहर निर्माण गर्ने योजना अगाडि बढिसकेको छ ।

भक्तपुरमै बीर अस्पताल निर्माण गर्ने डिपिआर प्रक्रिया सकिएको छ भने भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बृद्धि तथा निजी क्षेत्रको सहकार्यमा शिक्षामा व्यापक सुधार प्रक्रिया अगाडि बढेको छ ।

यसैगरी चालू आर्थिक बर्षका लागि सांसद विकास कोषको लागि विनियोजित ४ करोड रकम भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गतका दुईवटा नगरपालिका सूर्यविनायक तथा मध्यपुरको विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रुपमा विनियोजन गरिएको छ । यसको निम्ति सहजीकरण समिति समेत गठन गरिएको छ ।

स्वभाविक रुपमा समग्र भक्तपुरको समृद्धि र विकासका निम्ति यो ९ महिनाको अवधि हाम्रा लागि पनि अवसर चुनौती दुवै रहन पुग्यो । यद्यपि, जनताले दिएको अगाध माया, स्नेह र सद्भाव अनि विश्वासका कारण जे जति गर्न सकिएको छ, त्यो भन्दा पनि धेरै गर्ने अठोटका साथ अगाडि बढिरहेका छौं । यहाँहरुको रचनात्मक सल्लाह र सुझावको सदैव अपेक्षा सहित यहाँहरु सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । धन्यवाद ।

महेश बस्नेत
सदस्य प्रतिनिधिसभा
२०७५ मंसीर २१ गते

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति