December 5, 2018

खानेपानी संस्थानका महानिर्देशकलाई २५ करोड घोटाला गरेको आरोपमा मन्त्री बिनाद्वारा बर्खास्त

मंसिर १९, काठमाडौँ — खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलाई हटाइएको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बुधबार प्रसादलाई जिम्मेवारीबाट हटाएकी हुन् ।

मन्त्रालयसँग कार्यसम्पादन करार गर्न अटेरी गरेको,घोटलामा मुछिएको, कर्मचारी आन्दोलनको व्यवस्थापन नगरेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गराइएको मन्त्रालयको उच्च स्रोतले जनाएको छ।तत्कालका लागि मन्त्रालयका उपसचिव लिलानाथ ढकाललाई महाप्रबन्धको जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयल स्रोतले जनाएको छ।

भूपेन्द्र प्रसादलाई बुटवल र नेपालगन्ज खानेपानीको पाइप खरिदमा २५ करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ। प्रसादलाई खानेपानी संस्थानका विभिन्न २४ वटा शाखालाई एकलौटी ढंगले ८५ करोड रुपैयाँ विनियोजन गरेको आरोप समेत लागेको छ। यसअघि खानेपानी मन्त्रालयका कानुन शाखाका उपसचिव गुणराज श्रेष्ठको नेतृत्तवमा २५ करोड घोटलाको छानबिन समिति गठन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र