प्रधानमन्त्री ओलीको कटाक्ष : सरकार सिन्का भाँच्न र जुम्रा मार्नका लागि होइन

मंसिर ११, काठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देखिन भन्नेहरूका लागि यो गतिलो जवाफ भएको बताउनु भएको छ ।

KP_Sharma_oli_BDODXZtsZs

प्रज्ञा भनवमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार देशमा परिवर्तन ल्याउने कार्यमा लागिरहेको बताउनुभएको हो ।

‘कतिले भने- सरकार कहाँ छ देखिनँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘सरकार खोज्नेहरूलाई सोध्न चाहन्छु अझै देख्नुभएन ? अझै देख्नुभएन भने चस्मा लगाउनु वा त्यसमा पारव बढाउनुपर्दैन, देख्नुहुन्छ अब । तपाईंको बाध्यता हो देख्ने ।’

साथै प्रधानमन्त्री ओलीले सरकारले सिन्का पनि भाँचेन भन्नेहरू प्रति कटाक्ष पनि गर्नुभयो ।

‘कतिले भने यो सरकारले सिन्का पनि भाँचेन, जुम्रा पनि मारेन । यो सरकार सिन्का भाँच्नका लागि होइन र जुम्रा मार्नका लागि पनि होइन । देशमा परिवर्तन ल्याउनका लागि हो, सरकारले गर्दैछ त्यो काम,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका