November 25, 2018

उद्योगीले सरकारलाई हेर्ने दृष्टिकोण ठिक भएन

मङ्सिर ९,काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्तिसमेत जनाए । 

उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योगीहरुलाई व्यापारिक मानसिकतामात्रै बोकेर नहिँड्न पनि सचेत गराए । उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारिक मानसिकतामात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ । मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढ्न पनि उद्योगीहरुलाई आग्रह गरे । 

मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो गरे । उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तर्राष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको मन्त्री यादवको दावी छ । मन्त्री यादवले स्वदेशी वस्तु उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग