डोनाल्ड ट्रम्पविरुद्ध केबल न्यूज नेटवर्कको मुद्धा (भिडियो)

कार्तिक २८ : अमेरिकी संचार माध्यम केबल न्यूज नेटवर्क (सिएनएन)ले राष्ट्रपति ट्रम्प विरुद्ध मुद्धा लगाएको छ।

ट्रम्प प्रशासनले सिएनएनका तर्फबाट अमेरिकी सदन ह्वाइट हाउसमा रिपोर्टिङ गर्दै गरेका वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता रद्ध गरिदिएपछि आफ्नो संस्थाका पत्रकारको मान्यता विना कारण रद्ध गरिदिएकोभन्दै सिएनएनले ट्रम्प विरुद्ध मंगलबार अदालतमा मुद्धा दर्ता गराएको हो।

जिम एकोस्टा ह्वाइट हाउसमा सिएनएनका मुख्य संवाददाता थिए। गत हप्ता ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा जिम र राष्ट्रपति ट्रम्पबीच विवाद भएपछि उनको ह्वाइट हाउसको पे्रस कार्ड फिर्ता लिइएको थियो।

सिएनएनले ट्रम्प प्रशासनको उक्त गतिविधीलाई संवैधानिक अधिकारको उल्लघंन भनेको छ। मंगलबार वासिङटनामा दायर गरिएको मुद्धामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुलाई प्रतिवादी बनाइएको छ।

जहाँ ह्वाइट हाउसका प्रेस सचिव सारा सान्डर्सको नाम समेत उल्लेख गरिएको छ। साराले एकोस्टाले गलत आचरण देखाएकोभन्दै प्रेस पासलाई रद्ध गर्नुपर्ने बताएकी थिइन्।

उनले भनेकी थिइन्, ‘यदि कुनै रिपोर्टरले ह्वाइट हाउसमा गलत व्यवहार गर्छ भने ह्वाइट हाउस व्यवस्थित र निष्पक्ष पत्रकार सम्मेलन गर्न सक्दैन।’ तर एकोस्टालेभने ह्वाइट हाउसको आरोपलाई अस्वीकार गरेका छन्। उनले पत्रकारले सान्दर्भिक प्रश्नगर्न पाउनुपर्ने बताएका छन्।

जिम एकोस्टा

सिएनएनले एक बयानमा भनेको छ, ‘हामीले अदालतसँग एकोस्टाको पास फिर्ता गर्न र ह्वाइट हाउसको फैसला तत्काल रोक्न आग्रह गरेका छौं। सरकारका यस्ता गतिविधी सिएनएनको पत्रकारलाई मात्र होइन सबैलाई हुनसक्छ।’

सन् २०१६ को राष्ट्रपतिय चुनावदेखिनै ट्रम्प सिएनएनसँग रुष्ट छन्। त्यसबेला ट्रम्पले सिएनएनले आफूविरुद्ध समाचार लेख्दै अर्का राष्ट्रपतिय उमेद्वार हिलारी क्लिन्टनलाई सहयोग गरेको आरोप लगाउदै आएका थिए।

पत्रकार सम्मेलनमा के भएको थियो?

ट्रम्प र पत्रकार एकोस्टाबीच ७ नोभेम्बरमा विवाद भएको थियो। विवाद भएको एकै दिनमा उनको प्रेस पास ह्वाइट हाउसले रद्ध गरिदिएको थियो।

सिएनएनका संवाददाता जिम एकोस्टाले राष्ट्रपति ट्रम्पसँग मेक्सिकोका शरणार्थी तथा आप्रवासी सम्बन्धी प्रश्न गर्न चाहान्थे। तर प्रश्न टुंगिन नपाउँदै ट्रम्पका सहयोगीले एकोस्टाको हातबाट माइक खोस्ने कोशिस गरेका थिए।

सो क्रममा विवादको स्थिती सृजना भएको थियो। ट्रम्पले भनेका थिए, ‘धेरै भयो, धेरै भयो, अब रोक।’ ट्रम्पले उनलाई माइक राख्न समेत निर्देशन दिएका थिए। ट्रम्पले ‘आफ्नो पत्रकारको विषयलाई लिएर सिएनएन आफैलाई लाज लाग्नुपर्ने हो’ समेत भनेका थिए। एजेन्सी

(भिडियो)

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष