रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्याउने काम सम्पन्न भएको हो ।
रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।
नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए । रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ ।
सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ । पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ । २०१८ अप्रिलबाट पाइपलाइन बिच्याउने काम शुरु भएको र अवरोध हटेकाले एक महीनामा पूरा हुने खनालको दाबी छ । पाइपलाइन बिछ्याउनका लागि नेपाल र भारतको २७५ करोड भारतीय रुपमा सो पाइपलाइन निर्माण भइरहेको छ ।
भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको इस्टिमेटअनुसार काम भइरहेको हो । उता विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी रहेको छ ।
रासस
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र