हल्लाको पछि नलागी बुझेर सेयरमा लगानी गर्न धितोपत्र बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सतर्कता अपनाई लगानी गर्न आग्रह गरेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई हल्लाको पछि नलागी सुझबुझ तरिकाले पुँजीबजारमा लगानी गर्न अनुरोध गरेको हो ।

पछिल्लो समय सेयर बजारलाई सकारात्मक असर पार्ने नीतिगत व्यवस्था हुँदाहुँदै पनि परिसूचक अस्थिर बनिरहँदा सञ्चारमाध्यममा आधारहीन समाचार प्रकाशन भएको र त्यस्ता सूचनाले अफवाह फैलाउन खोजेको भन्दै बोर्डले यस्तो आह्वान गरेको हो । बोर्डले धितोपत्र खरिदसम्बन्धी निर्णय लिँदा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको अवस्थाको बारेमा आधारभूत र प्राविधिक विश्लेषणसहित जानकारी लिन लगानीकर्तालाई आग्रह गरेको छ । 

वर्तमान पुँजी बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको पनि बोर्डले दाबी गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा आर्थिक समृद्धिको मार्गचित्र कोर्दै पुँजी बजारमार्फत् देशको आर्थिक समृद्धिमा जोड दिएको बोर्डले बताएको छ । केही वर्षदेखि अन्योलको रुपमा रहेको भ्याटको विवाद समाधान गरी स्थायित्व दिइएकाले लगानीकर्तालाई निर्धक्क लगानी गर्न बोर्डले अपिल गरेको छ । 

यसैगरी पुँजी बजारमा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न ५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट लिमिटेड कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन चाहेमा ३ वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । १ अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको धितोपत्र बजारमा क्षेत्रगत जोखिम कम गर्ने प्रयास गरेको बोर्डको बुझाई छ ।

पछिल्लो समय ब्रोकर शुल्कमा कटौती गरी सेयर बजारलाई लगानीमैत्री बनाइएको छ भने वैकल्पिक कोष नियमावलीमार्फत् प्राइभेट इक्युटी, भेन्चर फन्ड र हेज फन्ड प्रवेश गराई कम्पनीहरुलाई चाहिने दीर्घकालिन कोषको व्यवस्था गर्न लागिएको छ । यसका साथै निकट भविष्यमा पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु भएकोे छ ।

यसरी मुलुकको समग्र आर्थिक अवस्था, सूचीकृत कम्पनीहरुको वित्तीय स्थिति पनि सन्तोषजनक रहेको बोर्डको भनाइ छ । सरकार र बोर्डले धितोपत्रको प्राथमिक र द्वितीय बजारलाई विकास गर्न विभिन्न सुधारका कार्यहरु अघि बढाइएको पनि दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि