संगठनको बदनाम गर्नेलाई छाड्दैनौं : प्रहरी प्रवक्ता सुवेदी

 नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले प्रहरी संगठनको व्यावसायीक छविमा थप सुधार गर्न आन्तरिक शुद्धीकरण सुरु गरिएको दाबी गरेका छन् ।  प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी सुवेदीले भने,‘‘हामी आन्तरिक शुद्धीकरणमा छौं । कमजोरी केलाएर अझै व्यावसायिक बन्छौं ।’’ 

उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै शान्ति सुरक्षामा प्रहरी नेतृत्व र संगठन लागिपरेको उनले बताए । ‘‘कतिपय व्याक्तिले गरेका कमजोरीमा पुरै संगठनलाई मुछन खोज्नु राम्रो होइन,संगठनको छविलाई बदनाम गर्ने गधाहरुलाई छाडिन्न,’’ प्रवक्ता सुवेदीले भने । 

प्रहरी र नागरिकको सम्बन्धलाई थप मजबुत र विश्वासिलो बनाउन प्रहरी–समुदाय साझेदारी कार्यक्रम अघि सारिएको उनले बताए । 

देशभरबाट प्रहरी–समुदाय कार्यक्रमका लागि १० हजार प्रहरी परिचालन गरिने बताउँदै नागरिकको सहयोगको अपेक्षा गरे ।  विगतमा प्रहरीले चलाएका सकारात्मक अभियानको समिक्षा गर्दै नयाँ कार्यक्रमको रुपमा ल्याइएको प्रहरी–समुदाय साझेदारी कार्यक्रमले अपराध न्युनिकरणमा सहयोग पुग्ने प्रहरी प्रधान कार्यालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको

गण्डकी सरकारले खारेज गर्‍यो ९ निकाय, १५ कार्यालय गाभिँदै

मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका