दशैंको मुखैमा ४० हजार भन्दा बढी युवा विदेशिए

दशैँको मुखैमा ४० हजार भन्दाबढी नेपाली युवा विदेशिएका छन्।  अघिल्लो वर्ष दशैँको बेलामा नै अन्तिम श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २४ हजारको हाराहरीमा मात्रै थियो।  नेपाली युवा विदेशिनु पर्ने बाध्यता नै भएपछि दशैँलाई भन्दाबढी रोजागारीलाई प्राथमिकतामा राखेर युवा दशैँको बेला पनि ठूलै संख्यामा विदेशिने गरेका छन्। असोज महिनामा मात्रै वैदेशिक रोजगारीको लागि ४२ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृत लिएर विदेशिएको तथ्यांक छ। 

नेपालीको महान् चाड दशैँको मुखैमा चाड मनाउने रहर हुँदाहुँदै पनि बाध्यकारी वैदेशिक रोजगारको यात्रामा यत्तिका ठूलो संख्यामा युवाहरु विदेशिन बाध्य छन् । गत भदौ महिनामा अन्तिम श्रम स्वीकृति लिएर विदेशिनेको संख्या भने ३० हजारको हाराहारीमा मात्रै थियो। तर, गत महिनाको तुलनामा असोज महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढी रहेको विभागको तथ्यांकले देखाएको छ। 

विदेशिने मध्ये ३९ हजार ७ सय ६६ जना पुरुष र २ हजार ७ सय ३७ महिला छन् ।  विभागको तथ्यांक अनुसार कतार, साउदी, युएई, कुवेत, ओमान, जापान, पोल्याण्ड, जोर्डन, इजरायल, अफगानिस्तान लगायतका मुलुकमा नेपाली कामदार रोजगारीका लागि आर्कषित देखिन्छन्।

 

२१ हजार ९ सय १६ जना पुरुष र १ हजार ६ सय ९४ महिला गरि जम्मा २३ हजार ६ सय १० जना अदक्ष नेपाली कामदार विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । यसरी अदक्ष केही सिप नभएका र राम्रोलेखपढ समेत गर्न नजान्ने नेपाली कामदारहरु विदेशिँदा भनेजस्तो काम नपाउने कामपाएपनि परिश्रम गरेजति पारिश्रमिक नपाउने तथा ठगिन सक्ने सम्भावना समेत बढी हुने विज्ञहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष