दशैँमा परिवारमा रूवाबास पारेर एक बृद्धले मुग्लिन पुलबाट हाम फालेर संसार छाडेका छन् । मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी चापले मुग्लिन बजार र सडक भरिएको थियो । मुग्लिन बजारहुँदै पोखरा तर्फ लाग्ने पुलमा दिनभर सवारी चाप हुन्थ्यो । सबेरै बिहानको सुनसान मौकामा एक वृद्धले पुलबाट हाम फालेर आफ्नै प्राण लिए ।
हेटौडा घर भएका माइला भोटेको घरमा दशैँको रमझम सुरू भएको थियो । तर उनी एकाएक चटक्कै घर छाडेर हिडे । ६५ बर्षीय यी बृद्धले मुग्लिन पुलबाट हाम फालेर आफ्नो जीवनलिला समाप्त पारे । अरूका घरमा दशैँ भित्रिदै थियो तर माइला भोटे घरबाट वेपत्ता भएपछि उनको घरमा रूवावास चल्यो ।
भिडियोः
दशैंको ९ दिन पहिले हेटौडास्थित आफ्नो घरबाट हिडेका माइलालेले मुग्लिनको एक पसलमा बिहानै चुरोट किनेका थिए । उनको विछिप्त अवस्था देखेर स्थानीयले उनको तस्बिर खिचेर फेसबुकमा राखेका थिए । त्यही दिन उनले मुग्लिन पुलमा चप्पल चिनो छाडेर त्रिशुली नदीमा हाम फालेका उनका ठूला ज्वाइँ प्रेमबहादुर बमजनले बताए ।
परिवारले कैयौं दिन माइला भोटेलाई खोज्यो । पुलबाट हाम फालेको थाह पाएपछि त्रिशुलीमा खोजी गर्दा पुलदेखि करिव ५ किलोमिटर टाढा किनारामा शव तैरिएको देखेपछि परिवारको रूवावासीले मुग्लिन–नारायणगढ सडकमै जाम हुनेगरी यात्रु र सवारी साधन रोकिए । सडक किनारामा परिवारका सदस्यको रूवावासी चलिरहेको थियो भने त्यसको ठिक तल त्रिशुली किनारामा बृद्धको शव तैरिरहेको थियो ।
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल