एसपी विष्टको बर्खास्तको तयारी, आइजिपी खनालद्वारा गृहमा पत्र

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।

आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।

‘आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्तै गर्न गृहमा पत्र पठाउनुभएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले  भने, ‘सम्भवत सार्वजनिक विदा खुलेकै दिन निर्णय हुन्छ।’

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो।

विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन्। आइजिपी खनाल कंचनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए।

निर्मलाका आमाबाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए। गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि