एसपी विष्टको बर्खास्तको तयारी, आइजिपी खनालद्वारा गृहमा पत्र

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको छ।

आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।

‘आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्तै गर्न गृहमा पत्र पठाउनुभएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले  भने, ‘सम्भवत सार्वजनिक विदा खुलेकै दिन निर्णय हुन्छ।’

प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।

सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो।

विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन्। आइजिपी खनाल कंचनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए।

निर्मलाका आमाबाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए। गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत