विखण्डनकारी समूहको सुक्ष्म अध्ययन गरिरहेका छौँ – प्रधानसेनापति

 

 
असोज २६, काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् ।बिहीबार नेपाली सेनाले दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना दिन आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।भविष्यमा आइपर्ने जस्तोसुकै परिस्थितिका लागि पनि चनाखो रहेको जानकारी दिँदै थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’

उनले सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि बनेको संयन्त्रका केही पक्षमा सुधार गरिने बताए । ‘सेनाको एक्लो प्रयासले मात्र सुधार सम्भव हुँदैन, यो एकै दिनमा हट्ने कुरा पनि होइन’ उनले भने, यसलाई जरैदेखि उपचार गर्नुपर्छ ।’भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले