नेकपाको एकता फुटाउने षड्यन्त्र भयो: प्रचण्ड

prachanda

काठमाडौं, २० असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । पार्टी एकता उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाए पनि कसले यस्तो षड्यन्त्र गरिरहेछ भन्ने बारे भने उनी मौन बसे ।

शनिबार दशैंलगायतका चाडपर्वको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी भने दिन छुटाएनन् ।

उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको दावी गरे । उनले भने, ‘त्यसलाई छिट्टै पूर्णता दिइन्छ, आइतबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय लिन्छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।

उनले एक फरक प्रसंगमा सरकारले कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । यसअघि उनले मन्त्रिपरिषद पुनर्गठनको समेत कुरा गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका