यातायात बिभागका सुब्बा घुस माग्दा पुगे जेल !

ghus

काठमाडौँ, असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ ।

यस्तै आयोगले आजै काठमाडौँ महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र