नेकपाका दुई विद्यार्थी संगठनले आईजीपी खनाललाई बर्खास्त गर्न बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

maag
असोज १८, काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले नेपाल प्रहरीका प्रमुख, आइजिपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

अखिल र अखिल क्रान्तिकारीका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउनु पर्नेमा त्यसमा असक्षम रहेकाले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

आफूहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार तथा एसिड आक्रमणसहितका हिंसा र दोषी पत्ता लगाउन भइरहेको ढिलाई बारे गृह मन्त्री बादललाई सचेत गराउँदै सात बुँदे ज्ञापन पत्र बुझाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

ज्ञापन पत्रमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न भएका सबैलाई तत्काल कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको छ । यस्तै छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरिएको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र