वाइडबडी खरिदको अनियमिततामा अख्तियारको अनुसन्धान

असोज १८, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदको अनियमितता छानविन सुरु गरेको छ।

‘वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौँ,’ प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा बुधवार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘भ्रष्टाचारमा संलग्न जो–कोहीलार्ई कारवाहीको दायरामा ल्याउँछौं।’

एयरलाइन्सले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो। त्यसमा बिचौलियाका नाटकीय कम्पनी खोलिएका थिए। त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लु) समेत सम्झौताभन्दा कम ल्याएको थियो। त्यसमा अन्नपूर्ण पोस्ट्ले अनुसन्धानमूलक शृंखलाबद्ध सामग्री प्रकाशन गर्दै आएको छ।

अख्तियारले जननिर्वाचित पदाधिकारी ठेक्कापट्टामा लाग्दा स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै संसदको ध्यानाकर्षण गराएको छ। स्थानीय तहका पदाधिकारी आर्फैले एक्जाभेटर किन्ने, मनलाग्दी भाडा असुल्ने र आफै ठेक्कापट्टामा संलग्न हुने प्रवत्ति बढेका कारण त्यहाँका उजुरीका चाङ्ग लागेको अख्तियारको भनाई छ।

बैठकमा प्रमुख आयुक्त घिमिरेले आयोगमा सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरी रहेको जनाए। समिति र संसदले यसमा गम्भीर भएर सोच्नुपर्ने उनले औल्याए। ‘यही स्थिति रहे भोलिको नेपाल कस्तो बन्ला ? ’ समितिमा अख्तियार सचिव महेश्वर न्यौपानेले भने, ‘हप्ता हप्तामा स्थानीय तहका भ्रष्टाचारसम्बन्धी पोकाका पोका उजुरी आयोगमा जम्मा हुने गरेका छन्।’

अख्तियारले खरिदार/सुब्बालाई मात्र भ्रष्टाचारमा समात्ने गरेको र ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिइरहेको सांसदहरुले असन्तुष्टि जनाएका थिए। जवाफमा प्रमुख आयुक्त घिमिरेले २ रुपैया भ्रष्टचार गर्ने र करोडौ भ्रष्टाचार गर्ने जो कोही पनि कारवाहीमा पर्ने बताए। ‘सरकारी कार्यालयमा जांदा कछाडको छेउमा राखेको १० रुपैयाँ पनि घुस माग्ने र करोडौ घुस खाने उस्तै हुन,’ घिमिरेले भने, ‘कछाडको १० रुपैया पनि घुस माग्नु बढी सम्वेदनशिल हो।’

अख्तियारको कार्यक्षेत्रमा नपर्ने भन्दै साना साना विषयका निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट गर्ने प्रचलन बढेको भन्दै घिमिरेले असन्तुष्टि जनाए।

‘१ हजार किलोमिटर पाइप किन्ने निर्णय पनि नितिगत भन्दै मन्त्रिपरिषदबाट गर्न थालियो,’ घिमिरेले असन्तुष्टि जनाए। अख्तियारमा अर्बौ भ्रष्टाचारका उजुरी परेपनि गत आर्थिक वर्षमा भने ४० करोड मात्रको छानविन भएको थियो। ‘अख्तियारले दायर गर्ने ८० प्रतिशत मुद्धा सफल हुने गरि काम गर्छु,’ प्रमुख आयुक्त घिमिरले भने,‘अव गोप्य रुपमा छानविन गर्छाै र कमजोरी भेटिए मात्र विवरण भराइन्छ।’

विगतमा तर्साउनलाई १३ पन्ने विवरण भराउने गरिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका थिए। अख्तियार प्रमुख घिमिरेले १३ पन्नेको सट्टा १४ पन्ने बनाइएको र अब त्यसको दुरुपयोग नहुने प्रतिवद्धता जनाए। – अन्नपूूर्ण पोस्ट

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य