मनोमानी मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन

 

काठमाडौं, १६ असोज । नजिकिँदो चाडपर्वसँगै बजारमा भएको मनोमानी मूल्य वृद्धिलाई तत्काल रोक्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । चिनीलगायत दसैंका लागि अति आवश्यक बस्तुहरुमामा व्यापारीहरुले मनोमानी मूल्यवृद्धि गरिरहेका छन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले चिनी, चामल, तेललगायतका अतिआवश्यक बस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिएको भन्दै तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले मूल्य वृद्धि नियन्त्रणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । बैठकले कालो बजारी हुन नदिन अनुगमनको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ ।

दशैका बेला बसहरुले गर्ने गरेका बस टिकटमा कृतिम अभावलाई पनि समितिले त्यस्ता व्यवसायीलाई पहिचान गरी कडा कारबाही गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी