नेकपाका नेताहरू बिदेशमा मस्त , एकता नामको बस्त्र हुँदै छ निर्बस्त्र ?

party-unity-grafix_RB1w9m62ir
 असोज १५,काठमाडौं : नेकपाका अध्यक्षदेखि वरिष्ठ नेताहरू अहिले विदेशमा छन्। केही महिनादेखि एउटा नेता स्वदेश आउने त अर्को नेता विदेश जाने क्रम चलिरहेको छ। जसले गर्दा गएको जेठमा केन्द्रमा एक भएको नेकपा एमाले र माओवादी (केन्द्र) का तल्ला कमिटीको एकता अगाडि बढ्न सकेको छैन।

नेताहरू विदेश हुँदा नेकपाले गरेका कतिपय निर्णय विवादमा समेत तानिएका छन्। सुरुमा तल्ला कमिटीको नेतृत्व विवाद झेलेको सो दलको  सचिवालयले हालै गरेको प्रदेशको नेतृत्व चयनलाई लिएर चर्को विवादमा फसेको छ। आफू विदेश भ्रमणमा रहेका बेला दुई अध्यक्षले मनोमानी ढंगले  विधिवत निर्णय नगरी र पार्टी नेताहरूबीच सल्लाह नै नलिई  गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्यहरू बोलाएर सुझावसमेत लिए। नेताहरू यसरी बाहिर/भित्र गरिरहँदा पार्टीको काम प्रभावित बनेको छ।

को शीर्ष नेता कहाँ?

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्‍ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अहिले अमेरिका हुँदै कोस्‍टारिका पुगेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिता उडेका प्रधानमन्त्री ओली असोज १७ गते मात्र स्वदेश फिर्ता हुनेछन्।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सिङ्गापुरमा छन्। पत्नी सीताको स्वास्थ्योपचार गर्नका निम्ति असोज ११ गते सिङ्गापुर लागेका दाहाल सोमबार बेलुकी स्वदेश फिर्ता हुने बताइएको छ। यसअघि उनी पाँच दिने चीन भ्रमण गरेर असोज ३ गते मात्रै स्वदेश फिर्ता भएका थिए।

यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि अहिले चीन भ्रमणमा छन्। चीनको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेता नेपाल आइतबार चीन उडेका हुन्। यसअघि उनी सोसियलिस्ट पार्टी अफ घानाको निमन्त्रणामा ‘साम्राज्यवाद तथा पुँजीवादविरोधी सम्मेलन’मा सहभागी भएर एक साताको भ्रमण सकेर असोज ९ गते मात्रै स्वदेश फर्किएका थिए।

नेकपाको कार्यबाहक को?

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। नेकपा संसदीय दलको नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको नेताको कार्यबाहक दिएका छन्।

तर नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा रहेका बेला मुलुकको ठूलो पार्टी नेकपाको कार्यबाहक नेतृत्व कसलाई दिइएको छ भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन। प्रधानमन्त्री तथा अध्यक्ष ओली नेपाल हुँदै अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट फर्किएका थिए। तर, लगत्तै श्रीमती सीताको स्वास्थ्य जाँचका लागि जानुपर्ने भएपछि उनी सिङ्गापुर उडे।

सिङ्गापुर जाँदा पार्टीको कार्यबाहक अध्यक्षको भूमिका भने कसैलाई दिएनन्। नेकपा नेता सुवासचन्द्र नेम्वाङ पार्टी अध्यक्ष प्रचण्डको सिङ्गापुर जाने कार्यक्रम अकस्मात बनेको भन्दै त्यसको जिम्मेवारी पनि लिखित रूपमा कसैलाई दिइएन ।

‘अध्यक्ष कमरेड प्रचण्डको सिङ्गापुर जाने कार्यक्रम पहिले बनेको थिएन। एक्कासि जानुपर्ने भयो’, नेता नेम्वाङले भने ‘उहाँले महासचिव वा कस-कसलाई यस्तो गर्नु भनेर जानुभयो। सधैँको जस्तो कार्यबाहक त्यस्तो लिखित कसैलाई पनि दिनुभएको छैन। अध्यक्ष आज फर्किंदै हुनुहुन्छ।’

सरकार र संसदीय दलको जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सधैँझैँ दिएर गएको भन्दै उनले पार्टी अध्यक्षको जिम्मेवारी भने कसैलाई नदिएको नेता नेम्वाङले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो