कमरेड बादल र जनार्दबीच घोचपेच !

 nekapa_A0YHcXqOT7

 काठमाडौैं, असोज १० । बादल प्रचण्डतिर हेर्दै थिए । प्रचण्डचाँही मुन्टो बटारेर केपी ओलीलाई सोध्न थाले,‘यही गर्ने हो त ?’ यतिन्जेलमा बामदेव गौतमले पनि केही भन्न छाडिसकेका थिए ।

करायो–करायो, हुने केही होइन । माधव नेपाल त झन बैठकमै थिएन । नेकपाका सातै प्रदेश ईन्चार्ज, अध्यक्ष, सह–ईन्चार्ज र सचिवको टुंगो लाग्यो, प्रधानमन्त्री अमेरिका उड्ने अघिल्लो दिन अर्थात शुक्रबार ।

त्यो भन्दा दुई दिनअघि चिनबाट फर्किएका प्रचण्डसँग बादलको एउटा सम्झौता रहेछ । कम्तीमा एउटा प्रदेशको अध्यक्ष वा ईन्चार्ज उनीसँगै बैद्य समूह छाडेर आउनेमध्येलाई दिने । प्रचण्डले ‘हुन्छ’, ‘हुँदैन’ केही भने भनेका थिएनन् । तर, बादल चाँही ढुक्क भएका रहेछन् एउटा पाईने भयो भनेर । यसअनुसार, कर्णाली प्रदेशको लागि ईन्चार्ज वा अध्यक्षको लागि मायाप्रसाद शर्मालाई अगाडि सारेका थिए । बादल र जनार्दन शर्माबीच यहाँपनि लडाई देखियो ।

यो झगडामा प्रचण्ड बीचमा पर्न नचाहने, तर यसचोटी परे । उनले महासचिव विष्णु पौडेललाई फोन गरेर मायालाई इन्चार्ज बनाईदिनु भनेको भएमात्रै पनि हुने थियो ।

र, एकताकै एकजना खेलाडी जनार्दनलाई कहाँ राख्ने ? प्रचण्डको प्रश्न थियो । ‘सिंगो पार्टी नै एकता गराएको मान्छेलाई प्रदेशको ईन्चार्ज किन ? देशकै कुनै ईन्चार्ज बनाए हुन्छ, उप–महासचिव वा संगठन विभाग प्रमुख बनाए हुन्छ ।’ बादलको भनाई थियो । बादलले बैठकमै प्रचण्डको मुख हेरेर केही भन्न खोज्दै थिए, तर उनले मुन्टो बटारे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका