यातायात समितिहरुले पनि दसैंको अग्रिम टिकट बुकिङ खुलाउने

सरकारसँगको लामो रस्साकसीपछि अन्ततः यातायात समितिहरुले पनि दसैंको अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् । यातायात व्यवस्था विभागको निर्देशिकाअनुसार कम्पनी प्रालिमा दर्ता भएका यातायात प्रालिहरुले असोज ५ गतेबाट नै अग्रिम टिकट बुकिङ खुलाए पनि समितिअन्तर्गतका टिकट काउन्टरले दसैंको टिकट खुलाएका थिएनन् ।

सरकारलाई भाडादर वृद्धि गराउन समितिका व्यवसायीले बारम्बर दबाब दिँदै आएका थिए । यता प्रालिका काउन्टरहरुले साविककै भाडादरमा टिकट काट्दै आएका थिए । 

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समितिका व्यवसायी र मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितका पदाधिकारीबीच भएको छलफलले आइतबारबाट लागु हुने गरी गाडीको भाडादर वृद्धि गर्ने निष्कर्ष निकालेको थियो ।

यसैअनुसार यातायात व्यवस्था विभागले आइतबार साँझबाट आफ्नो वेबसाइटमा परिमार्जित नयाँ भाडादर सार्वजनिक गरेको छ । “विभागले भाडा सार्वजनिक गरे पनि हामीलाई विभागले भाडा बढाएको आधिकारिक पत्र नदिएकाले आज (सोमबार) महासंघका साथीहरुबीच हामीले छलफल गर्यौं,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले  भने, “हाम्रो आन्तरिक छलफलले भोलि (मंगलबार)बाट अग्रिम टिकट खोल्ने निर्णय गरेकाले भोलि बिहानबाटै दसैंको टिकट खुल्ने छ ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र