यातायात समितिहरुले पनि दसैंको अग्रिम टिकट बुकिङ खुलाउने

सरकारसँगको लामो रस्साकसीपछि अन्ततः यातायात समितिहरुले पनि दसैंको अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् । यातायात व्यवस्था विभागको निर्देशिकाअनुसार कम्पनी प्रालिमा दर्ता भएका यातायात प्रालिहरुले असोज ५ गतेबाट नै अग्रिम टिकट बुकिङ खुलाए पनि समितिअन्तर्गतका टिकट काउन्टरले दसैंको टिकट खुलाएका थिएनन् ।

सरकारलाई भाडादर वृद्धि गराउन समितिका व्यवसायीले बारम्बर दबाब दिँदै आएका थिए । यता प्रालिका काउन्टरहरुले साविककै भाडादरमा टिकट काट्दै आएका थिए । 

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समितिका व्यवसायी र मन्त्रालयका सचिव मधुसुदन अधिकारीसहितका पदाधिकारीबीच भएको छलफलले आइतबारबाट लागु हुने गरी गाडीको भाडादर वृद्धि गर्ने निष्कर्ष निकालेको थियो ।

यसैअनुसार यातायात व्यवस्था विभागले आइतबार साँझबाट आफ्नो वेबसाइटमा परिमार्जित नयाँ भाडादर सार्वजनिक गरेको छ । “विभागले भाडा सार्वजनिक गरे पनि हामीलाई विभागले भाडा बढाएको आधिकारिक पत्र नदिएकाले आज (सोमबार) महासंघका साथीहरुबीच हामीले छलफल गर्यौं,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले  भने, “हाम्रो आन्तरिक छलफलले भोलि (मंगलबार)बाट अग्रिम टिकट खोल्ने निर्णय गरेकाले भोलि बिहानबाटै दसैंको टिकट खुल्ने छ ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष