दसैँका लागि टिकट बुकिङ शुरु भो

 

काठमाडौं, असोज ६ । दसैँको लागि अग्रिम टिकट बुकिङ भैरहेको सरकारले दावी गरेको छ । टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

केही यातायात व्यवसायीले टिकट बुकिङ नखोले पनि दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार अहिले समितिसम्बद्ध थोरै र प्रालि सम्बन्ध सबै व्यवसायीले दसैँको लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् ।

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका विभागले जनाएको छ । अहिले पनि २ सय ४५ समिति छन् । समिति मार्फतका केही व्यवसायीले पनि हिजोदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

गोगंबु बसपार्कमा प्रालि र समितिका २४ वटा काउण्टर छन् । जसअन्तर्गत प्रालि सम्बद्ध व्यवसायीले टिकट बुकिङ सहज गरेका विभागले जनाएको छ ।
प्रवक्ता उपाध्यायका अनुसार समिति सम्बद्ध व्यवसायीले पनि छिट्टै टिकट बुकिङ खोल्नेछन् । यसअघि गएको भदौ ३१ गते विभाग र व्यवसायीबीच शुक्रबारदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो ।

तर समिति सम्बद्ध व्यवसायीले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाउ नघटाएसम्म टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ । उनीहरुलाई सहमतिमा ल्याउन विभागले छलफल गरिरहेको छ ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल