मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपालीसहित ७ जनाको मृत्यु

saudi_gFxuUuAd9m

एजेन्सी– मलेसियामा विषाक्त रक्सी खाएर ४ नेपाली सहित ७ जनाको ज्यान गएको छ ।

सेलांगर पुलिस प्रमुखले पीडितहरू मध्ये चार जना नेपाली, एक मलेसिया, एक भारतीय र एक जना बंगलादेशी नागरिकको ज्यान गएको बताएका छन् ।

१३ नेपाली, दुई बंगलादेशी र एक जना मलेसियन नागरिकसहित १६ जना गम्भीर बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै घटनाको अनुसन्धान भैरहेको प्रहरीलाई उदृत गर्दै द स्टार अनलाइनले जनाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन मृतकको पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको प्रहरीले जनाएको छ ।

सरुवा बुल्हो अस्पताल, कुआलालम्पुर अस्पताल, ब्यान्टिंग अस्पताल, क्लङ्ग अस्पताल र अम्पांग अस्पतालमा बिरामीको उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष