कोटेश्वर प्रमुखको जिम्मेवारी इन्स्पेक्टर एलिजा गिरी, गुन्डाहरु त्रसित !

PicsArt_09-16-12.28.31-780x405

काठमाण्डु, १ असोज – नेपाल प्रहरीले दुई जना इन्सपेक्टरको सरुवा गरेको छ । काठमाण्डुको कोटेश्वर र कांडाघारी प्रहरी प्रभागका असई र जवानलाई घुस लिएको अभियोगमा अख्तियारले पक्राउ गरेपछि त्यसहाका ईन्चार्जलाई हटाइएको हो ।

प्रहरी मुख्यालयले कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामालाई महानगरीय प्रहरी पहरा गण सामाखुशीमा तानेको छ । लामाको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत इन्स्पेक्टर एलिजा गिरीलाई जिम्मेवारी दिइएको छ ।

इन्सपेक्टर गिरीको ईन्चार्जको रुपमा यो पहिलो पोस्टिङ हो । गिरीसंग महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेमा काम गरिसकेको अनुभुव छ । उनि नेपाल प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।

अख्तियार शनिवार घूससहित पक्राउ महानगरीय प्रहरी प्रभाग कांडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना प्रहरी हबल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुंवर र मुकेश पट्टेल छन् । उनीहरुले १ लाख घुस लिएको अख्तियारले जनाएको छ ।

इन्सपेक्टर लामाका भान्से प्रहरी जवान पट्टेल घुस प्रकरणमा मुछिएपछि उनलाई सरुवा गरिएको हो । त्यसैगरी महानगरीय प्रहरी प्रभाग कांडाघारी इन्स्पेक्टर हरि ओझाको समेत सरुवा भएको छ । उनको ठांउमा इन्स्पेक्टर सुधीर राईले जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र