भारत नगएको नेपाली सेना संयुक्त सैन्य अभ्यासका आज चीन जाँदै

 

असोज ,१ काठमाडौं । अन्तिम समयमा भारतमा हुने तालिममा सहभागी नहुने निर्णय गरेको सेनाले आजबाट चीनमा संयुक्त सैन्य अभ्यास थाल्ने भएको छ । त्यसका लागि नेपाली सेनाको टोलि  चीन जान लागेको हो ।

चीन–नेपाल ‘सगरमाथा मैत्री २’मा भाग लिन नेपाली सेनाको टोली जान लागेको सैन्य प्रवक्ता तथा ब्रिगेडियर गोकुल भण्डारीले जानकारी दिए ।

‘प्रोटस माइनस’ अर्थात १६ जनाको टोली सिचवान प्रान्तको राजधानी चेङ्डु तर्फ प्रस्थान गर्ने भएको हो ।

असोज १ देखि १३ गतेसम्म हुने उक्त सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारसँगै आतंकवादविरुद्ध लक्षित छ । चेङ्डु सैन्य अभ्यासमा नेपालको सहभागिताले भारतमा नेपालप्रति आसंका जन्माएको छ । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनेमा बिम्स्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाले नजाने निर्णय गरेको थियो ।

नेपाली सेनाको ५ अधिकृतसहित करिव ३० जनाको टोलि पुने प्रस्थान गर्नुभन्दा एक दिन पहिले रद्ध गरेको थियो ।

भारतका केही संचार माध्यमले यसलाई चीनको दवावमा नेपालले गरेको निर्णयका रुपमा प्रस्तुत गरेका छन् । यस अघि नेपाल र चीनबिच संयुक्त सैन्य अभ्यास २०१६ को अप्रिलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी