रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच भइरहेको एकता प्रक्रिया औपचारिक रूपमै बन्द भएको छ। उनेपाको बिहीबार सम्पन्न ५औँ केन्द्रीय समिति बैठकले रास्वपाले ‘राजनीतिक बेइमानी’ गरेको निष्कर्ष निकाल्दै निकट भविष्यमा एकताको सम्भावना समाप्त भएको घोषणा गरेको हो।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले लगातार नयाँ–नयाँ शर्त थपेर वार्ता अलमल्याउने र आफूअनुकूल मात्र प्रक्रिया अघि बढाउने व्यवहार देखाएको भन्दै सबै नेताहरू एकमत भएका थिए। उनका अनुसार, “अहिलेलाई कुनै छलफल नहुने, र यदि भविष्यमा वार्ता गर्नुपरे जिम्मेवारीसहित कुलमान घिसिङलाई नै अघि सार्ने” समझदारी बनेको छ।

बैठकमा कुलमान घिसिङ स्वयं पनि सहभागी थिए। स्रोतका अनुसार, उनले रास्वपाका सभापति रवि लामिछानेले ‘अनावश्यक रूपमा इन्गेज गराएर प्रक्रिया लम्ब्याएको’ ब्रिफिङ दिएका थिए।

उनेपाका एक नेताले भने, “रविजीले पछिल्लो समय जेलमै भेटघाट आयोजना गर्न थाले, मिडिया ट्रायल गरे, बाहिर एकताको कुरा गरे तर भित्रभित्रै संगठन विस्तारमै केन्द्रित रहे। वैकल्पिक शक्ति भन्दै अरूलाई वैकल्पिक बन्न नदिने रणनीति अपनाए।” उनका अनुसार, सहमति नजिक जाँदा पनि रास्वपाका तर्फबाट बारम्बार नयाँ अड्को थपिँदै गएको थियो।

उनेपाले अन्तिमसम्म प्रयास गरे पनि रास्वपा सहमतिमा नआएपछि एकताको प्रक्रिया ‘स्थगित’ भएको बताएको छ। कर्णालीतर्फ संगठन विस्तार अभियानमा रहेका नेता जिताराम लामाले पनि “अहिलेलाई संवाद रोकिएको” स्वीकार गरेका छन्। उनका अनुसार, “पछाडि फेरि कुरा हुन सक्छ, तर अहिले उनेपा पार्टी निर्माण र संगठन विस्तारमै केन्द्रित छ।”

एकता संवादमा रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, पुकार बम र उनेपाबाट गणेश घिसिङ, तारा जोशी, जिता लामा लगायत सक्रिय थिए।

स्रोतका अनुसार, कुलमान घिसिङ उनेपालाई रास्वपामा समेट्ने प्रस्तावमा निकै लचक देखिएका थिए। उनले रवि लामिछानेलाई सभापति मान्ने र आफू सहसंयोजक बस्न तयार भएको बताइन्छ। तर, रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कार्यवाहक पद नछोडेपछि सहमति भत्किएको उनेपाको दाबी छ। उनेपाका नेताहरूका अनुसार, “एकता भए कुलमान हाबी हुने र डीपी अर्याल ओझेलमा पर्ने डरले उनले अड्को थापे।”

रास्वपाका एक नेताले भने, “हामी कुलमानलाई उपसभापति दिन तयार थियौँ, तर उनेपाले केही समयका लागि भए पनि कार्यवाहक सभापति माग्यो। पार्टी बुझाउने खालको प्रस्ताव हामी स्वीकार्न सकिँदैनथ्यो।”

रवि लामिछाने जेलमै रहेका कारण कुलमानले चुनावसम्म पार्टी नेतृत्व सम्हाल्न खोजेको पनि रास्वपाका केही नेताहरूको टिप्पणी छ। तर, उनीहरूले आगामी चुनावमा तालमेलको सम्भावना भने खुला रहेको जनाएका छन्।

यसबीच, काठमाडौं महानगरका मेयर बालेन साहले पनि रवि र कुलमानबीच एकता हुन सके आफू समर्थनमा रहने बताएका थिए। बालेन कुनै कमिटीमा प्रत्यक्ष बस्ने नभए पनि आफ्ना निकट सहयोगीमार्फत समर्थन जनाइदिने तयारीमा रहेको स्रोतले जनाएको छ। कुलमान पनि बालेन आफ्नो पक्षमा रहनेमा विश्वस्त देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा