भारतीय गृहमन्त्रीसँग प्रचण्डले भनेः ‘सीमामा नेपाली लुटिने श्रृङ्खला रोक्नु पर्‍यो’

भारत भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग सीमामा नेपाली लुटिने श्रृखला तत्काल बन्द गर्न पहलका लागि आग्रह गरेका छन्।

शुक्रबार बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा जानकारी गराएका थिए।

त्यसपछि दिउसो भारतीय गृहमन्त्री सिँहसँगको भेटमा प्रचण्डले लुटपाटका लागि आग्रह गरेका हुन्। गृहमन्त्री सिँहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना रोक्न तत्काल पहल गरिने जानकारी दिएका थिए।

प्रचण्डको सचिवालयले सिंहसँगको भेटमा नेपाल–भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको बताउँदै नेपालको आर्थिक समृद्धिका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रचण्डले भारतीय गृहमन्त्री सिँहसँगको भेटमा नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी