के तपाईँ राती डरलाग्दो सपना देखेर तर्सिनु हुन्छ ? अनि व्युझिदा शरीर पसिना पसिना पो हुन्छ कि ? यदि त्यस्तो हो भने जानी राख्नुस तपाईँको सुताईको अवस्थाले यस्तो भएको हुनसक्छ । किनकी एक अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।
हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा एक अनुसन्धान टोलीले सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्वन्धबारे गहिरो अध्ययन गरेको थियो । सोही अध्ययन अनुसार जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन तिनीहरुलाई डरलाग्दो सपनाले सताउने गर्छ । तर दाँया तिर कोल्टेर परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुन्छ ।
अध्यय्न अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइयो । जबकी दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४.६ प्रतिशतमा मात्रै पाइयो । सोही प्रतिवेदन अनुसार दायाँ फर्केर सुत्ने र मानिसहरुमा भने सुखद र सुरक्षित सपना आउनुुको साथै निद्रा आनन्दित भएको पाइयो ।
प्रतिवेदनले यो पनि भनेको छ कि जो व्यक्ति घोप्टो परेर सुत्छन तिनीहरुको सपना यौनसंग सम्वन्धीत हुने गर्दछ । त्यस्तै उत्तानो परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना (जसलाई हामी ऐठन गरेको समेत भन्छौँ) देख्ने गरेको पाइयो ।
मुख्य अनुसन्धानकर्ता क्यालभिन काई चिङ भन्छन्, यो अध्ययनले सपनालाई सुत्ने पोजिसनले प्रभाव पार्छ भन्ने देखाएको छ । उनका अनुसार निद्रामा पनि मानिसका मस्तिस्क बाहिरी बाताबरणसंग सम्वन्ध राखिराख्ने भएकोले बाहिरी अवस्थाले सपनालाई प्रभाव पार्छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या