नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले संसद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर प्रसाद ओली भन्दै नाम काढेपछि बैठक हलमा हाँसो छायो ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले जताततै करै कर उठाएर जनतालाई सास्ती दिएको भन्दै सरकारको आलोचना गर्न उत्रिएका अमरेश सिंहले प्रधानमन्त्रीको नामै फेरिएको प्रशंग जोडेका हुन् ।
‘सामाजिक संजालमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली है, कर प्रसाद ओली भन्दै व्यापक चर्चा भैरहेछ,’ अमरेशले प्रश्न गरे– ‘हामीले कर प्रसाद ओली भनुँ की खड्गप्रसाद ?’
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै विपक्षी दलका सांसदहरूले अत्याधिक कर उठाएको भन्दै सरकारको आलोचना गरेका थिए ।
अमरेश सिंहले बोलेपछि जवाफमा उत्रिए सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेल । उनले करको हौवा फैलाएर आतंक मच्चाउन मिडियाको प्रयोग गरिएको आरोप लगाए ।
हेर्नुस् सत्ता र प्रतिपक्षी सांसदको यो जुहारीः
भिडियोः
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट