प्रधानमन्त्रीलाई अमरेश सिंहले ‘कर प्रसाद ओली’ भनेपछि कृष्णभक्तको काउण्टर (भिडियो)

 नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले संसद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर प्रसाद ओली भन्दै नाम काढेपछि बैठक हलमा हाँसो छायो ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले जताततै करै कर उठाएर जनतालाई सास्ती दिएको भन्दै सरकारको आलोचना गर्न उत्रिएका अमरेश सिंहले प्रधानमन्त्रीको नामै फेरिएको प्रशंग जोडेका हुन् ।

‘सामाजिक संजालमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली है, कर प्रसाद ओली भन्दै व्यापक चर्चा भैरहेछ,’ अमरेशले प्रश्न गरे– ‘हामीले कर प्रसाद ओली भनुँ की खड्गप्रसाद ?’

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै विपक्षी दलका सांसदहरूले अत्याधिक कर उठाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

अमरेश सिंहले बोलेपछि जवाफमा उत्रिए सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेल । उनले करको हौवा फैलाएर आतंक मच्चाउन मिडियाको प्रयोग गरिएको आरोप लगाए ।

हेर्नुस् सत्ता र प्रतिपक्षी सांसदको यो जुहारीः

भिडियोः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र