.jpeg)
काठमाडौं । लामो समयदेखि उकालो लाग्न नसकेको सेयर बजारमा दुई दिनयता हरियाली छाएको छ । आइतबार ३२ महिनायताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको नेप्से परिसूचक त्यसयता भने २ दिन निरन्तर सुधारिने लयमा देखिनुले ‘नेप्से सधैं घटिरहँदैन’ भन्ने सन्देश लगानीकर्तालाई दिएको हो ।
दुईदिनको सुधारले पछिल्लो समय नेप्से धेरै अंकले घटेर आजित भइसेकका लगानीकर्तामा भने केही आशा पलाएको छ । सोमबार १० दशमलव ४३ अंकले बढेको बजारमा मंगलबार ६.६१ अंकले बढेको हो । धेरै घटिरहेको बजारमा लगानीकर्ताले मौका खोजिरहेका थिए । यस्तो अवस्थामा २ दिनको बजारको ट्रेन्डले बजारमा लगानीयोग्य रकम पनि मिलेको र लगानीकर्ता लगानी गर्न सक्षम भएको देखिने जानकारहरु बताउँछन् । यद्यपि कारोबार रकममा उल्लेख्य सुधार नहुनुले यो वृद्धि सपोर्ट नगर्ने उनीहरु बताउँछन् ।
बजार परिसूचक घटबढ हुने क्रम स्वभाविक रहेपनि तल्लो बिन्दुमा पुगेर फर्किएको बजार त्यो बिन्दुभन्दा धेरै घट्दैन भन्ने संकेत दिएको लगानीकर्ताको विश्वास छ । तर, बजारलाई अहिले नै सपोर्ट मिलिहाल्ने कुनै फ्याक्टर नहुँदा यो सुधारले कुनै खुसी नदिएको स्वयम् लगानीकर्ता बताउँछन् सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार बजार परिसूचक सधैं घटिरहने वा बढिरहने भन्ने हुन्न । सोही कारण धेरै घटेको भएर थोरै कमब्याक गर्नु स्वभाविक रहेको उनी बताउँछन् । उनले भने, “२ दिन बढेको बजार अब कुन दिशामा जान्छ त्यो भनिहाल्ने अवस्था भने छैन । लगानीकर्ता वेट एन्ड सी कै अवस्थामा छौं ।”
उनले भने, “बजारलाई सपोर्ट हुनेगरी नीतिगत सुधार वा नियामक निकायबाट चालिएको ठूलो कदम पनि केही छैन । त्यस्तो त्यस्तो सकारात्मक समाचारले बजार उकासेको पनि हैन ।”
नेप्से बढ्दा मंगलबार कारोबार रकम उल्लेख्य मात्रामा बढ्न भने सकेन । सोमबार १६ करोड ९६ लाख रुपैयाँको करोबार भएको सेयर बजारमा यसदिन १८ करोड ९५ लाख रुपैयाँको मात्र सेयर किनबेच भयो । यसक्रममा कूल १६० कम्पनीका ७ लाख ३२ हजार कित्ता सेयर मात्र किनबेच भए ।
नेप्से बढ्दा ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक पनि १ दशमलव ५६ अंकले बढेर २ सय ४९ दशमलव ५० अंकमा पुगेर बन्द भएको छ । यसदिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंककोे भएको छ । बैंकको आज जम्मा ८५ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भए ।
नेप्से बढ्दा यसदिन सबैभन्दा धेरै मूल्य आरम्भ माइक्रोफाइनान्सको सेयरको बढ्यो । कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाउँदा मल्टी पर्पोज फाइनान्सको सेयर मूल्य ५ दशमलव ३६ प्रतिशतले घटेको छ । नेप्से बढ्दा मंगलबार होटल र अन्य समूहबाहे सबै समूहको उपसूचकमा सुधार आएका छन् ।
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण