भदौ १ बाट लागु हुने मुलुकी देवानी ऐनमा अंगपरिवर्तन र कृत्रिम गर्भाधारणमा यस्तो छ व्यवस्था

काठमाण्डौ / भदौ १ गतेबाट लागु हुने मुलुकी देवानी संहिता ,२०७४ मा कुनै पनि व्यतिmले कानुनको अधिनमा रहि आफ्नो शरीरको परीक्षण ,उपचार ,अङ्गपरिवर्तन वा शरीरको कुनै अङ्ग वा त्यसको अंश वा त्यसको कुनै नमुना संलग्न गर्न वा गराउन सकिने व्यवस्था रहेको छ ।  साथै विभिन्न रोग प्रतिरोधात्मक क्षमता ह्रास भएकाहरुले झुक्याएर बिहे गर्न नपाइने ऐनमा उल्लेख छ ।

शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु –एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेकाहरुले जालसाँजी गरेर बिहे गर्न नपाउने भएका हुन् । साथै, यौनाङ्ग नभएका ,नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणीत भैसकेको अवस्थामा केटा वा केटी दुवैले झुक्याएर बिहे गर्न पाउनेछैनन् । 

ऐनमा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने ,पूर्ण रुपमा दृष्टिविहिन वा कुष्ट रोग भएको । होस ठेगानामा नरहेको ,विवाह भैसकेको, गर्भवती भएको अवस्थामा पनि बिहे वदर गर्न सक्ने व्यवस्था रहेको छ भने पीडितले मनासिब क्षतिपूर्ति दावी गर्न पाउने अधिकार रहेको छ ।  ऐनमा पतिपत्नीको मञ्जुरीले अन्य कुनै ब्यतिको वीर्यबाट कृत्रिम गर्भाधारण प्रणलीद्धारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोहि बमोजिम निजको पितृत्व निर्धारण हुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा