
काठमाडौं, २९ साउन । देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्र्सी उचालेर हान्न खोजियो ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउ“सो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए ।
मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दि“दै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोको थियो । उहांले जुम्ला जाने भन्दै चिठी बुझेका थिएनन् ।
ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । तर, पछि उनले जुम्ला जाने इच्छा देखाएका थिए । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ । खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्यमाथि आक्रमण भएको बताइएको छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र