सम्झौतामा सरकारले छलछाम गरे विरोधका कडा संघर्ष गर्ने डा.केसीको चेतावनी !

चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुंग्याउने क्रममा आफूसँग सरकारले गरेक ९ बुँदे सहमति पालना हुने विश्वास लिए।

६ दिन लामो आसियुको बसाइसहित १३ दिनको अस्पताल बसाइ पछि मंगलबार डिस्चार्ज हुँदै डा.केसीले आफूसँग सम्झौता गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सो सम्झौता अनुमोदन नगरेको भन्दै तुरून्त कार्यान्वयन गर्न माग गरेका छन्।

उनले विधेयक संशोधन सहित थप तोडमोड नगरी पारित हुने विश्वास लिँदै कुनै बहाना, ढिलाई वा छलछाम नगरी संसदबाट उक्त ऐन जारी हुनेमा आफू विश्वस्त भएको बताए।

आफूले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा था स्वास्थ्य शिक्षाका अन्य विषय पढ्ने अधिकारका लागि संघर्ष गरेको स्मरण गरे।

‘मलाई विश्वास छ। सत्याग्रह टुंग्याउने बेला सरकारले गरेका नौ बुँदे सम्झौता अक्षरस पालना हुन्छ,’ केसीले भने।

उनले सरकारसँग भएका सम्झौताको कुनै पनि बुँदा संशोधन गर्न नपाइनेसमेत बताएका छन्।

‘सत्तारूढ दल तथा विपक्षी सांसदहरूले चिकित्सा शिक्षा संशोधन प्रस्ताव हालेका छन्। सत्याग्रह टुंग्याउने क्रममा भएका सहमति अक्षरस पालना गर्ने सहमति जनाएको पृष्ठभूमीमा ती सम्झौतालाई तोडमोड गरी जारी भए कडा संघर्ष गर्न तयार छु,’ उनले भने।

drkc

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे