अफगानिस्तानको एक शिया मस्जिदमा आत्मघाती आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तको गार्देज सहरमा रहेको मस्जिदमा शुक्रवार भएको आत्मघाती आक्रमणमा परि ६० जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् ।
स्थानीय प्रहरीले शुक्रवार दिउँसो नमाज सकिएपछि मस्जिदमा आक्रमण भएको जनाएको छ । पक्तिया प्रान्तका प्रहरी प्रमुख जनरल रज मोहम्मद मण्डोजाईले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा कयौं आत्मघाती आक्रमणकारी मस्जिद भित्र प्रवेश गरेर आक्रमण गरेको बताएका छन् ।
उनका अनुसार आत्मघाती आक्रमण गर्ने सबै आक्रमणकारी पनि मारिएका छन् । शिया मस्जिदमा आक्रमण गर्ने संगठनका बारेमा केही खुल्न नसकेको बीबीसीले जनाएको छ । यसअघि चरमपन्थी संगठन इस्लामिक स्टेट उक्त क्षेत्रमा शिया अल्पसंख्यकहरुलाई आत्मघाती आक्रमणको निशाना बनाउँदै आएको थियो । बीबीसी
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष