सर्वोच्च अदालतकको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी अस्वीकृत !

सर्वोच्च अदालतकको प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशी अस्वीकृत भएका छन् । प्रतिनिधिसभा अन्तरगतको संसदीय सुनुवाई विशेष समितिमा शुक्रबार भएको मतदानबाट जोशी अस्वीकृत भएका हुन् । 

43851959317366222sarbochha..

समितिमा सर्वसम्मत निर्णय हुन नसकेपछि मतदानबाट जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने विषयमा मतदान भएको थियो । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा जोशीको विपक्षमा १० मत खसेको समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।  

१५ सदस्यीय संसदीय सुनुवाई समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, राष्ट्रिय जनता पार्टी (राजपा)का र संघीय समाजवादीका १/१ सदस्य छन् । स्वीकृतीका पक्षमान शून्य मत खसेको कर्णले बताए । 

ने क पा का नेता योगेश भट्टराईले जोशीले समिति सदस्यहरुले न्याय क्षेत्रको नेतृत्व गर्ने ठोष कार्ययोजना बारे सोधेको प्रश्नमा स्पष्ट कार्ययोजना प्रस्तुत गर्न नसकेको, आम नागरिकबाट आएका गुनासा र समिति सदस्यहरुले राखेको जिज्ञासाको सन्तोषनक जवाफ दिन नसकेको, शैक्षिक प्रमाणपत्र शंकास्पद हुनुका साथै जन्ममिति समेत फरकफरक हुनु र त्यसबारे यथेस्ट प्रमाण जोशीले पेश गर्न नसक्नु तथा उनको आचारण र कार्यक्षमताबारे सर्वोच्चका न्यायनधीशरुले नै सार्वजनिक रुपमा टिकाटिप्पणी गरेकाले उनलाई न्याययलयको नेतृत्व दिन नससकने ठहरमा समिति पुगेको बैठक पछि सञ्चारकर्मीहरुलाई जनानकारी दिए । 

समिति सदस्यहरु दुई ध्रुवमा विभाजित थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसदहरु जोशीको विपक्षमा उभिएका थिए भने नेपाली कांग्रेसका सांसदहरु पक्षमा थिए ।  

जेष्ठ सदस्यको हैसियतमा सुनुवाई समितिको बैठकको अध्यक्षता लक्ष्मणलाल कर्णले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका