काठमाडौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवं नेपाली कांग्रेसका महासमिति सदस्य तीर्थ खनिया पदीय मर्यादाको दुरुपयोग गर्दै नेकपाको केपी ओली नेतृत्वको सरकार असफल पार्ने योजनामा विद्यार्थी उक्साउन उद्दत रहेको खबर छ ।
त्रिविमा रहेको यावत समस्यालाई नजरअन्दाज गर्दै उनी नेपाल विद्यार्थी संघको कमाण्ड सम्हाल्दै केपी सरकार असफल पार्ने योजना मुताविक कीर्तिपुरवाट विद्यार्थी कमाण्ड सञ्चालन गर्न लागिपरेका हुन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भइसकेकपछि एउटै गतिलो काम गर्न नसकेका खनिया उकुलपति पदबाटै सरकारमाथि हवाला भइरहेका छन् ।
खनियाको उपकुलपति पद आगामी असोजमा सकिदैछ । आफ्ना निकटस्थ नातेदार र चम्चाहरुलाई केही लाभदायी पद उपलब्ध गराउनु सिवाय उनले विश्वविद्यालयमा कुनै प्राज्ञिक उन्नयन गर्न नसकेको आरोप लाग्दै आएको छ । आफै अर्काको पीएचडी हुबहु सारेर डाक्टर उपाधि प्राप्त स्खलित प्राज्ञवाट मुलुकले के अपेक्षा गर्ने ? केपी ओलीको सरकारलाई असफल पार्न खनिया उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघका नेताहरु बोलाएर धमाधम निर्देशन दिइरहेको स्रोतको दावी छ । उनले नेबि संघका पूर्व अध्यक्ष रञ्जित कर्ण, वर्तमान अध्यक्ष नैनसिंह महरलगायतका नेताहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर म सम्पूर्ण क्याम्पसका विद्यार्थी नेताहरुलाई निर्देशन दिन्छु तपाईहरु त्यसको संयोजक गर्नुस् बनेर निर्देशन दिएको त्रिवि स्रोत बताउछ ।
स्रोतका अनुसार, खनियाले सरकार विरोधी गतिविधिमा लाग्ने विद्यार्थी नेताहरुलाई छात्रवृत्ति शिर्षक राखेर केही खर्र्च समेत दिने उपाय बनाएका छन् । एमालेवाट नियुक्त रजिष्टारले कांग्रेसका विद्यार्थी पाल्ने रकम दिन नसक्ने बताएपछि खनियाले आफूले नियुक्त गरेका क्याम्पस प्रमुखहरुलाई धम्काउदै विद्यार्थी संगठनलाई चन्दा उपलब्ध गराउन दवाव दिइरहेको विद्यार्थी स्रोत बताउछ ।
स्रोतका अनुसार, त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस र पद्मकन्या क्याम्पसका क्याम्पस प्रमखुहरुले भिसिको ठाडो निर्देशनमा विद्यार्थीहरुलाई पैसा बा“डेको बुुझिएको छ । उपकुलपतिको यस टिममा जगत तिमल्सिना, ऋदिश पोखरेल, कृष्ण गौतमलगायतका रहेको स्रोतको दावी छ । त्रिविका भिसिनै विद्यार्थीलाई राजनीतिमा उराल्ने र राजनीतिक प्रयोजनका निमित्त कार्य गर्न प्रेरित भएपछि खनियाबाट अब प्राज्ञिक क्रियाकलापको अपेक्षा गर्नु व्यर्थ हुने गुनासो प्राप्त भएको छ ।
देशकै पुरानो एवं प्रतिष्ठित विश्वविद्यालय एउटा संकीर्ण दृष्टिकोणधारी नेताको हातमा सुम्पिदा देशको उच्चशिक्षा नै धरासायी बनेको छ । त्रिवि केन्द्रीय कार्यालयमा कार्यरत प्रशासकका अनुसार पछिल्लो समय भिसिले विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता पोस्ने, निर्माण गर्ने थलोको रुपमा प्रयोग गरिरहेको आरोप छ । आफ्नो पार्टी निकट शिक्षक एवं कर्मचारीलाई पार्टीगत स्वार्थका गतिविधिमा संलग्न गराउन लागिपरेको पीडितहरु बताउछन् ।
सरकारले अब कुनै पनि हालतमा आफूलाई हटाउन नसक्ने बुझेपछि खनियामा यसप्रकारको चुरीफुरी निकै बढेको गुनासो प्राप्त भएको छ । नेपाल संस्कृति विश्विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विषयलाई सञ्चारमाध्यामले गतिलै स्पेस दिएपछि खनिया पनि सरकार विरोधी मोर्चामा उभिएका हुन । सरकार विरोधी भएकै कारण त्रिविमा कुलपति एवं सहकुलपतिले दिएक कुनै निर्देशन लागू गरेका छ्रैनन् । केही कांग्रेसीका आडमा विश्वविद्यालयमा लुट मच्चाइरहेका खनियालाई कांग्रेस निकट प्राध्यापक संघ र नेताहरुले सरकारलाई घुँडा टेकाउन उक्साइरहेका छन् । हाल खनियाकै लापरवार्हीका कारण सेमेस्टर सिस्टम असफल प्रायः बनिसकेको छ । केन्द्रीय विभागमा सबै कांग्रेस कार्यकता भर्ति गरेर भिसिले तामासा देखाएको एक प्राध्यापकको बुझाइ रहेको छ ।
खनियाकै कारण विश्वविद्यालयको गरिमा र प्रतिष्ठा ओरालो लाग्दै गएको गुनासो छ ? त्रिविले विगत ३ वर्षदेखि कुनै अन्तर्राष्टिय गोष्ठी एवं कार्यक्रम सञ्चालन गर्न सकेको छ ? आफ्नो कार्यालयमा गाडी थप्ने र आसेपासेलाई गाडी चढ्ने ब्यवस्था गर्नमा नै उपकुलपतिको ध्यान रहेको छ । उपकुलपतिबाट पछिल्लो समयमा प्राज्ञिक उन्नयन, अनुसन्धान, जस्ता विषयहरु प्राथमिकतामै पर्न छोडेको आरोप छ ।
उपकुलपति कार्यालयमा भेटिएका एक कर्मचारीका अनुसार, खनिया भकाभक पैसा उठाउदै नया“ विषय निजी क्षेत्रलाई सम्वन्धन दिने तयारीमा रहेका छन् । सरकारको निर्देशन विपरीत निजी क्षेत्रलाई पोस्दै आएका भिसिकै लगानीमा उपत्यकामा १२ वटा कलेजहरु सञ्चालमा रहेको स्रोतको दावी छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका